पाँचौ मालिका मेला सम्पन्न – ५५ हजार राशीको भलिवलको उपाधि सोयसा कन्सट्रक्सनलाइ !

पाँचौ मालिका मेला सम्पन्न – ५५ हजार राशीको भलिवलको उपाधि सोयसा कन्सट्रक्सनलाइ !

Badigad Online
3 Min Read

अनिश शर्मा गैरे, गुल्मी २५ कार्तिक
गुल्मीको प्रसिद्ध धार्मिकस्थल मालिकाको प्रचार प्रसारको उद्धेश्य राखी सञ्चालित पाँचौ मालिका महोत्सब सम्पन्न भएको छ । २१ गतेबाट सुरु भएको मेला सोमबार सम्पन्न भएको हो ।

 

मेलाको अवसरमा अन्तिम दिन आज बहुचर्चित राष्ट्रिय कलाकार बसन्त थापाले बिशेष प्रस्तुती दिएका थिए । ५५ हजारर रुपैया प्रथम पुरस्कार रहेको भलिवल प्रतियोगीतामा सोयसा कन्सट्रक्सनले उपाधि जित्दै नगद सहित ट्रफी र सम्मान पत्र प्राप्त गरेको छ भने आयोजक समुह द्धितिय हजार ३५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

अन्तिम दिनको कार्यक्रममा मेला व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर रायमाझीको अध्यक्षता रहेको थियो भने प्रदेश सभा सदस्य खड्ग केसी, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा सहित वडाध्यक्षहरु त्था पार्टी प्रतिनिधिको उपस्थिती रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथि प्रदेश सभा सदस्य खड्ग केसी, मेयर सोमनाथ सापकोटा, मुनपा ७ का अध्यक्ष प्रकाश काफ्ले, तथा नेपाली काँग्रेसका नेता झविलाल भण्डारीले बोलेका थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झविराम शर्माको स्वागत रहेको कार्यक्रमको सञ्चालन कुर्घा निमाबिका शिक्षक चिन्तामणी चालिसेले गरेका थिए ।

मेला अवलोकन तथा मालिकाको दर्शन र पुजाआजाको निम्ती गुल्मी सहित बाग्लुङ्ग तथा अर्घाखाची लगायतका जिल्लाबाट हजारौ दर्शनार्थीहरु आएका छन् । आज राती देखी भोली सम्म भव्य पुजाआजा हुने छ । पुजाआजा गर्नको निम्ती हजारौ मानिस मालिका पुग्दै छन् । कोही पुगिसकेका छन् ।

मालिकामा पुृजाआजा गर्दा मनले चिताएको पुरा हुने विश्वास छ । भने मालिका माता बहीरी भएको कारण चिच्चाएर वर माग्नुपर्छ भन्ने विश्वास रही आएको छ । तर आजकल भने त्यो क्रम अलिक कम भएको महसुस गर्न सकिन्छ ।

पहिला पहिला चिच्याएर वर माग्ने गरेको भएता पनि आजभोलिका पुस्ताहरुमा त्यो परम्परामा परिवर्तन आएको अनुभुती गर्न सकिन्छ । यदि वर पाइन्छ भने मनले कल्पना गरेपनि बर पाइन्छ भन्ने उनीहरुको सोँच देखिन्छ ।

जिल्लाको मुसिकोट नगरपालिका ६ कुुर्घामा रहेको मालिका मन्दिर जिल्लाकै धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध छ ।
मालिकामा शिव बैकुण्ठ चतुर्दर्शीको अवसर पारी मालिका मेला आयोजना गरिएको हो । बिगत ५ बर्षदेखी मालिकाको प्रचार गर्ने उद्धेश्य राखी त्यस क्षेत्रमा मालिका मन्दिर व्यवस्थापन समिति तथा मुल समारोह समितिले मेला आयोजना गर्ने गरिएको प्रचार प्रसार समितिका सदस्य गुनाखर उपाध्यायले जानकारी दिनुभयो ।

दर्शनार्थीहरुलाई पालैपालो लाइनमा बसेर दर्शन गर्ने व्यवस्था मिलाइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झविराम शर्माले जानकारी दिनुभयो । भक्तजनहरुको घुइचोले उक्त क्षेत्रमा चहलपहल हुनाले मन्दिर आसपासमा रहेका होटल व्यवसाय,पुजा आरधनाका सामाग्री,र फलफूल लगायतबाट व्यापारीहरुले राम्रो कारोवार गर्ने गरेका छन् ।

शिव बैकुण्ठ चतुदर्शीको अबसर पारेर विगत केहि बर्षयता निरन्तर रुपमा मालिकाको प्रसार प्रचार गदै मालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्य राखीएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित