बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद

बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद

Badigad Online
1 Min Read

बागलुङ : बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद गरिएको छ । बुधवार हिजो हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोलीले एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका-१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा रहेको पाँच नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुन्धान गरिरहेको छ ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित