बडिगाड गाउँपालिका अध्यक्षको पहलमा सडकमा अलपत्र महिलाको उद्धार

बडिगाड गाउँपालिका अध्यक्षको पहलमा सडकमा अलपत्र महिलाको उद्धार

Badigad Online
1 Min Read

सागर भण्डारी, बडिगाड । बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको पहलमा सडकमा अलपत्र एक महिलाको उद्धार गरिएको छ ।

रुकुम घर बताउने ७६ वर्षीय एक महिलाको उद्धार गरी मानव सेवा आश्रम बागलुङ पठाईएको अध्यक्ष थापाले बताउनुभयो । ती महिलालाई बडिगाड गाउँपालिका वडा नं ६ खालबाट उद्धार गरिएको उहाँको भनाई छ ।

“आफ्नो घर रुकुम बताउने उहाँ रुकुम बाटै हिड्दै आउनुभएको रहेछ, स्थानीयले खबर गरेपछि म पुगेर उहाँको ईच्छा बमोजिम मानव सेवा आश्रममा पठाईएको हो थापाले भन्नुभयो ।”

पारिवारक पृष्ठभुमी समेत बताउन नचाहाने उक्त महिलाले आफुलाई वृद्धाआश्रम या मानवसेवा आश्रममा पठाउन अनुरोध गरेकी थिईन् । अध्यक्ष थापाले यातायात खर्च समेत उपलब्ध गराएर स्थानीयको रोहवरमा मानव सेवा आश्रम पठाउनुभएको हो ।

“२/३ दिनको पैदल यात्रा गरि बुर्तिबाङ हुँदै खालसम्म आउनुभएको रहेछ थापाले भन्नुभयो – मानवसेवा आश्रममा जाने ईच्छा व्यक्त गरेपश्चात उद्धार गरि मानवसेवा आश्रममा कुरा गरि पठाएको हो ।”

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित