बडिगाडमा “मिलेर खोज र नष्ट गर, फैलिन नदेऊ” अभियान

बडिगाडमा “मिलेर खोज र नष्ट गर, फैलिन नदेऊ” अभियान

Badigad Online
1 Min Read

बडिगाड । बागलुङको बडिगाड गाउँपालिका परिसरमा कर्मचारीहरुको अगुवाईमा १० गते १० बजे १० मिनेट “मिलेर खोज र नष्ट गर, फैलिन नदेऊ” जिल्ला भरिको अभियान अन्तरगत आईतबार सरसफाई कार्यक्रम गरिएको छ ।

वर्षयाम सुरु भएसंगै गाउँपालिका वरिपरि उम्रियका घाँस, पालिका सडककै छेउमा रहेकाले सडक नालीमा वर्षाको पानीले बगाएर ल्याईएका फोहोरहरुको आज व्यवस्थापन गरिएको छ ।

वर्षायाम संगै लामखुट्टेको प्रकोप बढ्दै गईरहेकोले डेङ्गीको प्रकोप बढ्ने र यो रोग जो कसैलाई पनि सर्न सक्ने भएकोले एकै दिन, एकै समयमा जिल्ला भरिका गैर सरकारी निकाय, स्थानीय तह, स्वास्थ संस्था, विद्यालयहरु, जनसमुदायका घर तथा पसल वरपर टोल तथा समुदायमा पानी जम्न नदिने, पानी जम्ने खाल्दो पुर्ने, घर वरिपरीका झाडी सफा गर्ने र पानीको भाँडो छोपेर राख्ने अभियान अनुसार गाउँपालिका परिसरमा पनि सरसफाई गरिएको प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।

पालिका मातहतमा रहेका सम्पूणर् सरकारी तथा गैर सरकारी संघ संस्था, विद्यालयहरुमा समेत यो अभियान एकै दिन, एकै समयमा गरिएको पनि उहाँले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित