बडिगाड खोलामा हाम फाल्दा एक महिलाको मृत्यु

बडिगाड खोलामा हाम फाल्दा एक महिलाको मृत्यु

Badigad Online
1 Min Read

बागलुङ : बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका २ स्थित बडिगाड खोलामा हाम फाल्दा निसीखोला गाउँपालिका २ कि २२ बर्षिय एक महिलाको ज्यान गएको छ ।

बुधबार दिउँसो करिब ३ बजे ढोरपाटन नगरपालिका २ सेरा र रिभरहेड जोडने पुल नजिकै बाट बडिगाड खोलामा हाम फालेकी सिता वि.क. को ज्यान गएको छ । बि.क.को शव ढोरपाटन २ कै सोता भन्ने स्थानमा करिब दुई किलोमिटर तल शव फेला परेको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क.ले बताउनुभयो। Source : Radioparibartan

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित