बडिगाड । आगामी असोज १५ देखि १६ गते पोखरामा शुरु हुने नेकपा एमालेको गण्डकी प्रदेशको प्रथम अधिवेशनका लागि बडिगाड गाउँपालिकाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका छन् ।
बडिगाडबाट खुल्लातर्फ शुनिल सेरचन, तिर्थमणी भुसाल, बसन्त थापा प्रतिनिधि चयन भएका छन् । त्यस्तै दलिततर्फ लक्ष्मण बराल र महिलातर्फ मिना रायमाझी र बिष्णु माया अर्याल चयन भएका छन् ।
जिल्लाका १० वटै पालिकाबाट सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । एमाले बागलुङबाट अधिवेशनमा ७० जना प्रतिनिधि सहभागी हुनेछन् ।
अधिवेशनको १५ गते अमरसिंह चौरमा उद्घाटन र बन्द सत्र असोज १६ गते पोखरा सभागृहमा हुनेछ ।
Badigad Online