जीप दुर्घटना अपडेट : दुई जनाको शव भेटियो

जीप दुर्घटना अपडेट : दुई जनाको शव भेटियो

Badigad Online
1 Min Read

बागलुङ । पर्वत कुश्मा नगरपालिकास्थित तमादीखोलाले जिप बगाउँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव भेटिएको छ । बागलुङदेखि पोखरा तर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप पर्वतको कुश्मा नगरपालिका ७ र ८को सिमामा पर्ने तमादीखोलाले बगाउँदा जिपसहित तीन जना यात्रु बेपत्ता भएका थिए।

ती मध्ये दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । उनका अनुसार घटनास्थलदेखि करिब ३ सय मिटर तल शव भेटिएको छ ।

जिपमा सवार मध्ये रुपन्देही घर भएका गोपाल वस्नेत र कास्की घर भएका विजय पौडेलको पहिचान भएको छ ।

तस्बिर : सांकेतिक

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित