रहेनन् विश्वकै लामो झोलुङ्गे पुल डिजाइन गर्ने इन्जिनियर श्रेष्ठ

रहेनन् विश्वकै लामो झोलुङ्गे पुल डिजाइन गर्ने इन्जिनियर श्रेष्ठ

Badigad Online
2 Min Read

बागलुङ । बागलुङको बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने विश्वकै लामो झोलुङ्गे पुल निर्माणको डिजाईन गर्ने इन्जिनियर भुपेन्द्र लाल श्रेष्ठको निधन भएको छ ।

बुबा माथवर श्रेष्ठ र आमा देवी श्रेष्ठको कान्छा छोरा श्रेष्ठको २०१५ साल जेठ १५ बागलुङ नगरपालिका – ३ भिमसेन चोकमा जन्मनु भै हाल काठमाण्डौको चन्द्रागिरि नगरपालिका -११ सतुङगलमा बसोबास गर्नु हुने श्रेष्ठको ६६ वर्षको उमेरमा बिहीबार बिहान ११ बजे निधन भएको हो ।

श्रेष्ठले केहि समयदेखि क्यान्सर रोगको उपचार गराई रहेका थिए ।

बागलुङको बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने विश्वकै लामो झोलुङ्गे पुल, पर्वतको सदरमुकामदेखि ज्ञादीसम्म र कुश्मादेखि बागलुङ कैयासम्म र बागलृुङ नगरपालिका ३ गुठीदेखि बानपा- ९ तित्याङ जोड्ने झोलुङ्गे पुलको डिजाइन र निर्माणमा पनि श्रेष्ठले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

‘सिङ्गल स्पान मा बनेको ५६७ मिटर लामो पुल निर्माण गर्न श्रेष्ठले सस्पेन्सन ब्रिज डिभिजन महाशाखामा रहदा त्यसको समन्वय र नेतृत्व गर्नु भएको थियो ।

अठार महिनामा बनाउने भनेको उक्त पुल श्रेष्ठको नेतृत्वमा १५ महिनामै सम्पन्न भएको बागलुङ नगरपालिकाका पूर्वमेयर जनक राज पौडेलले जानकारी दिनु भयो ।

२०३० सालमा विद्यामन्दिर माध्यमिक विद्यालयबाट एसएलसि उर्तीण गरेका श्रेष्ठले ईन्जिरिनिङ कलेज पुल्चोकबाट उच्च शिक्षा हासिल गरेका थिए ।

श्रेष्ठ विद्यार्थी कालमा वामपन्थी राजनीतिमा सक्रिय हुनु हुन्थ्यो । श्रेष्ठ मोहन वैद्यले नेतृत्व गरेको तत्कालिन नेकपा मशालको विद्यार्थी संगठन अखिलमा क्रियाशिल भएको वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

२०३७ सालदेखि श्रेष्ठले सस्पेन्सन ब्रिज डिभिजन महाशाखामा सेवा आरम्भ गरि ३८ वर्षसम्म झोलुङ्गे पुल निर्माणमा उल्लेख योगदान दिनु भएको थियो।

श्रेष्ठका श्रीमती यमुना देवी श्रेष्ठ, छोरा छितिज श्रेष्ठ, छोरी स्वेता श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । साभार: नयाँ विश्व

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित