जीप चढेपछि माधवले फोनमा भनेका थिए -“आमा म बागलुङबाट हिडे है”

जीप चढेपछि माधवले फोनमा भनेका थिए -“आमा म बागलुङबाट हिडे है”

Badigad Online
3 Min Read

पर्वत । सधै जसो कामको सिलसिलामा कास्कीको अन्नपूर्ण गाउँपालिकाका माधव पौडेल आफ्ना साथी रुपेन्देही जिल्लाको तिलोत्तमा ९ का ३४ बर्षिया गोपाल बस्यालसंग शनिवार बागलुङ पुगेका थिए । आफ्नो काम सकेपछि शनिवार साँझ बागलुङबाट घर फर्कनका लागि साँझ ५ बजे बागलुङबाट माधव आफ्नो साथीसंगै जीप चढे ।

ग १ ज ६२१३ नम्बरको जीपमा आफ्ना साथी गोपालसंगै अर्का एक जना यात्रु पनि चढे । बागलुङ कै ताराखोला गाउँपालिकाका ५० बर्षिया डम्मरबहादुर थापा सहित अव जीपमा ३ जना मात्र यात्रु भए । शनिवारको दिन भएका कारण धेरै यात्रु नपाएको जीप आफ्नो गन्तब्य तर्फ हुईकियो । बाटोमा थप यात्रु पाउने आशमा अगाडि बढेको जीप कुश्मा आइपुगेपछि केहि मिनेट रोकियो । थप यात्रु नपाए पछि गन्तब्यका लागि जीप अघि बढ्दै जाँदा कुश्मा नगरपालिका क्षेत्रमा विषण बर्षात भईरहेको थियो ।

बर्षातका कारण कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा रहेको तमादीखोलामा बाढि आयो । जीप बाढिमा फस्यो । जीप अघि बढ्न नसकेपछि चालक बसन्त थापा गाडिबाट झरेर गाडी निकाल्ने जुक्ति निकाल्दै थिए । त्यहि बेलामा खोलामा थप बाढि आयो र जीप सहित ३ जना यात्रुलाई बगायो ।

जीप बगेको खबर थाहा पाउँदा साथ नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको टोली उद्धारमा खट्यो तर कसैलाई पनि बचाउन सकेन । माधवका साथी रुपेन्देही जिल्लाको तिलोत्तमा ९ का ३४ बर्षिया गोपाल बस्यालको शव सोहि दिनमा फेला परयो । बाँकी माधव सहित डम्मरबहादुर थापा अहिले पनि बेपत्ता छन् । छोरो बेपत्ता भएपछि छोराको खोजीमा आएका माधवका बुवाआमा खोला छेउमा भक्कानिदै रोइरहेका थिए ।

जीप चढेपछि माधवले आमाको मोवाईलमा फोन गरेका थिए । आफू जीप चढेर पोखरा फर्कन लागेको जानकारी गराउँदै उनले भनेका थिए ‘आमा म बागलुङबाट हिडे है ।’ आमाले राम्रोसंग आउनु है छोरा भनेपछि उनले बुवासंग कुरा गर्छु भनेका थिए । बुवा सुत्नु भएको छ भनेर आमाले भनेपछि माधवले बुवासंग कुरा गर्न पाएनन् ।

आइतबार तमादीखोलामा आफ्नो छोरा माधवलाई खोज्न आएका बुवा रघुनाथ पौडेल र आमा भिमा पौडेल भाव विह्ल देखिन्थे । आँखाभरी आँशु झार्दै बुवाले भने ‘जीप चढेपछि बाबालाई फोन दिनुस न भनेको थियो रे म निदाएको रैछु, आमाले म सुतेको भनेपछि ठिकै छ छोड्नुस, म बागलुङबाट पोखरा फर्कदै छु भनेछ ।’

बुवा रघुनाथ पौडेल भन्छन ‘एकछिन पछि फोन गर्दा लाग्दै लागेन । रात भरी फोन हानियो लाग्दै लागेन ।’ छोराको फोन नलागेपछि रातभर जाग्राम बसेका पौडेल दम्पतिले भने ‘विहान पख थाहा भयो छोरा त खोलाको पहिरोमा परेको रैछ ।’

सुरक्षाकर्मीसंगै मोदी र तमादी खोलामा छोरा खोज्दै गरेका बुवाले भक्कानीदै भने ‘छोराको अहिले सास पनि छैन लास पनि छैन’
वेपत्ता दुईको अझै पनि अवस्था अज्ञात छ । प्रहरी नायव उपरिक्षक खुमलाल भुषालका अनुसार आइतरबार दिन भर तालिम प्राप्त कुकुरको सहयोगमा खोजी कार्य भएपनि वेपत्ता यात्रुहरु अहिले पनि भेटिएका छैनन् ।

आज सोमबार दोस्रो दिन पनि विहानै देखि सुरक्षाकर्मीको टोली पहिरोग्रस्त स्थान तमादीखोला र मोदीखोलामा वेपत्ता दुई यात्रुको खोजी कार्यमा जुटेको छ । पर्वत न्यूजबाट

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित