सुदूरपश्चिममा भूकम्पः विद्यालय भवनबाट हाम फाल्दा विद्यार्थी घाइते

सुदूरपश्चिममा भूकम्पः विद्यालय भवनबाट हाम फाल्दा विद्यार्थी घाइते

Badigad Online
1 Min Read

मंगलबार दिउँसो सुदूरपश्चिममा लगालग दुईवटा ठूला भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो २:४० मा बझाङको तालकोटलाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसको केहीबेरमै अझ शक्तिशाली भूकम्प गयो ।

दिउँसो ३:०६ मा बझाङकै चैनपुर आसपासलाई केन्द्रबिन्दु बनाएर ६.३ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । लगालग दुईवटा ठूला झट्का महसुस गरेपछि स्थानीयहरू घरबाहिर निस्किएका थिए ।

भूकम्पको समयमा आत्तिएर विद्यालयको भवनबाट हाम फाल्दा एक जना विद्यार्थी घाइते भएका छन् । भूकम्पको धक्का महसुस भएसँगै विद्यालयको भवनबाट हाम फाल्दा अछाममा एक विद्यार्थी घाइते भएका हुन् ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा रहेको विन्ध्यवासिनी माद्यामिक बिद्यालयको विज्ञान भवनबाट अत्तालिएर हाम फाल्दा विद्यार्थी सन्तोष साउँद घाइते भएका हुन् । भवनबाट हाम फाल्दा घाइते भएका सन्तोषको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित