तलकोटकी उपाध्यक्ष भन्छिन्–भूकम्पले भौतिक संरचना ध्वस्त भए

तलकोटकी उपाध्यक्ष भन्छिन्–भूकम्पले भौतिक संरचना ध्वस्त भए

Badigad Online
1 Min Read

काठमाडौं । मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले भौतिक संरचनामा ठूलो क्षति भएको छ ।

बझाङको तलकोट गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुमारी भण्डारीले भौतिक संरचनामा ठूलो क्षति भएको बताइन् । उनले भनिन्, ‘मानवीय क्षतिको विवरण आइसकेको छैन । कतिपय वडा कार्यालय, विद्यालयका भवनहरु ध्वस्त भएको अवस्था छ ।’

भूकम्पले बाटोहरुमा पहिरो आएको उनको भनाइ छ । ‘पहिरो आएर बाटो बन्द भएको छ । ‘हामी अहिले घर बाहिर छौँ ,’ उनले भनिन् ।

बझाङलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो गएको भूकम्पका कारण बझाङको तालकोट गाउँपालिकास्थित वडा नं. १ को कार्यालय भवनमा क्षति पुगेको छ । गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीका अनुसार वडा कार्यालय भवनमा क्षति पुगेको हो । उनले सोही वडाका केही विद्यालय भवनहरू पनि चर्किएको जानकारी दिइन् ।

भूकम्पका कारण गाउँपालिकाको भवन आसपासको जमिन पनि भासिएको उपाध्यक्ष भण्डारीले जानकारी दिइन् । अन्य वडाहरूबाट विवरण संकलनको काम भइरहेको उनको भनाइ छ । हालसम्म मानवीय क्षतिको विवरण नआएको उनको भनाइ छ ।

मंगलबार दिउँसो २:४० मा बझाङको तालकोटलाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसको केहीबेरमै अझ शक्तिशाली भूकम्प गयो । रातोपाटी

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित