इन्द्रजात्रा हेर्न गएका किशोरको हत्यामा संलग्न चारजना पक्राउ

इन्द्रजात्रा हेर्न गएका किशोरको हत्यामा संलग्न चारजना पक्राउ

Badigad Online
1 Min Read

काठमाडौं— इन्द्रजात्रा हेर्न सोमबार राति न्यूरोड गएका किशोरको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्यूरोड पुगेका ओखलढुङ्गाको लिखु गाउँपालिका-४ घर भई क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो ।

घटनामा संलग्न भएको आरोपमा काठमाडौं प्रहरीले ४ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१९ घर भई ललितपुर बस्ने २० वर्षीया सोनिया श्रेष्ठ, ललितपुर महानगरपालिका-१९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२४ बस्ने १९ वर्षीया भूमि मल्ल र ललितपुरको गोदावरी नगरपालिका-५ घर भई नागबहाल बस्ने १९ वर्षीय अरबिन ठकुरी छन् । प्रहरीका अनुसार किशोरमाथि धारिलो हतियार प्रहार गरी भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठलाई सोही राति काठमाडौं महानगरपालिका-२४मखनबाट पक्राउ गरेको हो।

भूमि मल्ललाई क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका-१६ बाट पक्राउ गरिएको परिसरले जानकारी दिएको छ । प्रहरीले ठकुरीको साथबाट घटनामा प्रयोग भएको धारिलो हतियार (चक्कु) समेत बरामद गरेको छ।

परिसरका अनुसार काठमाडौं जिल्ला अदालतबाट सन्देश खड्की र सोनिया श्रेष्ठ खड्गीविरुद्ध असोज १५ गतेदेखि लागू हुनेगरि ६ दिन र भूमि मल्ल र अरबिनठकुरीविरूद्ध १६ गतेदेखि लागू हुनेगरि ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित