जीवन पाण्डे, बडिगाड, कार्तिक २८,
गुल्मी र बाग्लुङ्ग अन्तर्गत पौदी बासिहरुको न्वागी पर्व सङ्गै लाग्ने न्वागी मेला ३ दिन पछाडी अर्थात मन्सिर १ गते देखि सुरु हुँदै छ । यो मेला प्ररम्परा देखी बडिगाड ०५, खार बजारमा हुँदै आएको छ । बाग्लुङ्गकै ठूलो मेला मध्य एक चिनिने यस न्वागी मेलामा विभिन्न साँस्कृतिक एबम मनोरञ्जनात्मक कार्यक्रम हुने गर्दछ ।
यस बर्षको न्वागी मेला अन्य बर्ष भन्दा पृथक बनाउनका लागि आयोजक लागि परेको देख्न सकिन्छ । यस मेलालाई बिशेष एबम मनोरंजनले भर्नका लागि रमाइलो मेला, बाल मेला, सर्कस तथा पिङ हुनेछ । जसको लागि मनोरञ्जनात्मक साधनको निमार्णको कार्य तिब्र रुपमा भैरहेको छ ।
Badigad Online