राजन को सकृयता ले बडिगाड गाउपालिका लाइ राष्ट्रिय निति मा सफलता प्राप्त गर्न सहज!

राजन को सकृयता ले बडिगाड गाउपालिका लाइ राष्ट्रिय निति मा सफलता प्राप्त गर्न सहज!

Badigad Online
2 Min Read

दिनेश  शर्मा, बाग्लुङ बडिगाड, कार्तिक २८,

जिल्लाको बडिगाड गाउपालिका मा अहिले एक सुबिधा सम्पन्न कबर्ड हल बन्दैछ।नेपाल सरकार ले पाच बर्ष भित्र एकपालिका एक कबर्डहल निर्माण गर्ने योजना राष्ट्रिय नितिमा समाबेश गरिरहेको सन्दर्भमा कराते का राष्ट्रिय खेलाडी तथा बडिगाड डोजो का सन्चालक राजन पाइजा ले बडिगाड ५ मा आफ्नो सकृयता मा सात महिना अगाडी राष्ट्रिय खेलकुद परिषद् बाट दश लाख रकम माग गरि सुरु गरेको कबर्ड हल को निर्माण कार्य को अहिले आधा भन्दा बढी काम सम्पन्न भैसकेको अवस्था छ।पचास फुट लम्बाइ र चालिस फुट चौडाइ रहेको उक्त कबर्ड हल मा अहिले भुइ को सबै काम सम्पन्न गरि ,पर्खाल निर्माण पश्चात अहिले प्लास्टर को काम सुरु गरिएको पाइजा ले जानकारी दिएका छन।

सुरुवात को चरणमा निर्माण गर्ने स्थल (घडेरी)पानी जमेको क्षेत्र( सिमसार)रहेको र उक्त ठाउमा खोलेसाग टिप्ने ठाउ रहेको स्थानमा कबर्ड हल बनाउदा आफुले निकै सास्ती बेहोर्नुपरेको र जमिन को भाग सेट गर्दा नै निकै खर्चिलो भएको पाइजा को अनुभव छ।हलको लागी उपयुक्त जमिन नपाएपछी सिमसार मा नै खर्चिलो भएपनी हल बनाउनु परेको पाइजाको कथन छ। हल निर्माण पश्चात कराते को हकमा ६० देखी ७० जना ले प्रशिक्षण लिनसक्ने छन भने अन्य इन्डोर खेलको लागी र सभा सम्मेलन को लागी समेत सहज हुनेभएको छ।राजन को दैनिकी अहिले पनि बिहानै उठेर हलको पर्खाल मा पानी लगाउने देखी कामदार लाइ खाजा नास्ता पुर्याउने र कामको रेखदेख गर्ने रहेको छ। कराते को राष्ट्रिय खेलाडी रहेका पाइजा ले बिभिन्न देशमा गइ राष्ट्र कै प्रतिनिधित्व गरेर समेत धेरै पदक हरु हासिल गरिसकेका छन। उनले अहिले बडिगाड गाउपालिका मा समेत बडिगाड डोजो सन्चालन मा ल्याइ खेलाडी उत्पादन गरिरहेका छन ।खेल खेलाउने र सिकाउने क्रममा उपर्युक्त स्थान नहुदा आफुमा कबर्डहल बनाउने सोच आएको राजन को भनाइ छ।उक्त कबर्डहल इन्डोर गेम को लागी आवश्यक सबै पुर्बाधार सहित सुबिधा सम्पन्न हुने र उक्त हल सम्पन्न हुन अझै केहिसमय लाग्ने बताइएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित