बडिगाडका कर्मचारी पेन डाउन गर्दै धर्नामा : सेवा ठप्प

बडिगाडका कर्मचारी पेन डाउन गर्दै धर्नामा : सेवा ठप्प

Badigad Online
1 Min Read

कमल पौड्याल, बडिगाड । बडिगाड गाउँपालिकामा स्थानिय तह कर्मचारीहरुले पेन डाउन गरेका छन् । स्थानिय तह कर्मचारी केन्द्रिय संघर्ष समितिको आह्वान अनुसार अत्यावश्यक सेवा वाहेक सवै सेवा अनिश्चितकालको लागि बन्द रहेको भन्दै बडिगाडमा पनि पेन डाउन गरिएको छ ।

स्थानिय सेवाका कर्मचारीहरुको वृत्ति विकास एवं सेवाको सुरक्षा लगाएतको विषयमा २० बुँदे माग सहित पेन डाउन गरेको स्थानिय तह कर्मचारी संघर्ष समिति बडिगाडका अध्यक्ष पूर्ण घर्तिले जानकारी दिनुभएको छ ।

संघर्ष समितिले आज एक विज्ञप्ती जारी गर्दै केन्द्रिय कार्यक्रम अनुसार बडिगाड गाउँपालिकामा पनि अत्यावश्यक वाहेक सवै सेवा बन्द रहेको जानकारी दिइएको छ । विज्ञप्तीमा दबाबमुलक संघर्षको कार्यक्रममा लाग्नु बाध्यता भएको भन्दै यसवाट सेवाग्राहीमा पर्ने असर प्रति क्षमा मागिएको छ ।

संघिय निजामति विधेयकमा स्थानिय तहका कर्मचारीहरुको माग संवोधन गर्न दवाब स्वरुप कर्मचारीहरु ६ दिन देखि आन्दोलनमा रहेका छन् ।

स्थानिय तहका कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत स्थानिय सेवावाट हुनुपर्ने, स्थानिय सेवाबाट प्रदेश र संघिय निजामति सेवामा प्रवेश गर्न उमेरहद लागु हुन नहुने, समायोजन भएकाहरुको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने, अस्थायी तथा करारका कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने, ट्रेड युनियन अधिकारी पाउनुपर्ने लगाएतका माग राखि काठमाडौं केन्द्रित आन्दोलनसंगै स्थानिय तहमा पनि दवाव मुलक कार्यक्रम सुरु गरेका हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित