बागलुङ : बागलुङ जिल्लामा एच आई भि संक्रमितको सख्या दिनानु-दिन बढ्दै गएको पाएको छ ।
केहि समय अगाडीको तथ्याङक भन्दा पछिलो समय संक्रमितको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यलय बागलुङका फोकल प्रशन देवप्रकाश घिमिरेले जानकारी दिनु भयो । हाल जिल्लामा विभिन्न उमेर समुहका १ सय ८५ जना संक्रमितहरु रहेको र औषधी सेवन गरिरहेको घिमिरेले. बताउनुभयो ।
संक्रमित हुनेहरुको संख्या बागलुङ नगरपालिकामा ९० जना मध्य पुरुष ४२ महिला ४८ गलकोट नगरपालिमा १० पुरुष ९ महिला , ढोरपाटन नगरपालिकामा ३ पुरुष ३ महिला बडिगाडमा ५ पुरुष ५ महिला ,जैमिनी नगरपालिकामा ९ पुरुष ९ महिला , काठेखोला गाउँपालिकामा ११ पुरुष १३ महिला ताराखोला गाउँपालिकामा २ पुरुष ४ महिला निसिखोला गाउँपालिकामा ४ पुरुष ४ महिला , बरेङ गाउँपालिकामा १ पुरुष र तमानखोला गाउँपालिकामा १ पुरुष २ महिला संक्रमित रहेको जानकारी दिनुभयो ।
जिल्लामा एच आई भि संक्रमितलाई विभिन्न संघ संस्थाहरुले सहयोग र सहजिकरण गर्ने गरेपनि प्रभावकारी हुन नसकेको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रामर्श दाता प्रदिप आर्चायले बताउनु भयो । संक्रमितको सख्या बढ्नु बैदेशिक रोजगारमा आवत—जावत र असुरक्षित योन सम्र्पक गनुको कारण बढेको पाएको छ । जगिन्द्र बि क(बसन्त)