दोश्रो गाउपालिका अध्यक्ष कप प्रतियोगिता मा खेलाडी र पत्रकार आउने क्रम सुरु प्रदेश १ को टोलि बडिगाड मा

दोश्रो गाउपालिका अध्यक्ष कप प्रतियोगिता मा खेलाडी र पत्रकार आउने क्रम सुरु प्रदेश १ को टोलि बडिगाड मा

Badigad Online
1 Min Read

दिनेश शर्मा, बडिगाड, कार्तिक २९,

अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगिता को लागी बडिगाड मा चहलपहल सुरु भएको छ।आज खेल को लागी प्रदेश न १ बाट टिम प्रशिक्षक सन्जय कुमार राइको नेतृत्वमा १८ जनाको टिम बडिगाड गाउपालिका को खारबजार मा आइसकेको हो उक्त टिम सङ्गै एपि वान टेलिभिजन का पत्रकार चिसाङ्ग शेर्पा पनि आइपुगेका छन उक्त टिम लाइ बडिगाड ५ का वडाअध्यक्ष्य अर्जुन प्रसाद खरेल स्थानिय न्वागी मेला आयोजक समितिका अध्यक्ष कलाधर घिमिरे ,स्थानिय समाजसेबी गुणानिधी घिमिरे,कमल घिमिरे,प्रतियोगिता आयोजक राजन पाइजा समाजसेबी बसन्त थापा ,भानुभक्त पौडेल लगाएत ले टिका लगाएर स्वागत गर्नुभएको थियो।

उक्त प्रतियोगिता मा खेलाडी ,टिम कोच रेफ्री, पत्रकार गरि झन्डै ५०० जना बडिगाड मा उपस्थित हुनेछन प्रत्यक्ष्य प्रसारण को लागी जनता टेलिभिजन को टिम पनि काठमाडौ बाट प्रस्थान गरिसकेको र प्रदेश १ को टिम आएसङ्गै अन्य सबैटोली आउदै गरेको आयोजक का राजन पाइजाले जानकारी दिनुभयो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित