बडिगाड अनलाइन । बागलुङको बडिगाड गाउँपालिकामा बस र ट्याक्सी एक आपसमा ठोक्किँदा एक जना घाईते भएका छन् ।
सोमबार बिहान बुर्तिबाङबाट बुटबल तर्फ जाँदै गरेको लु १ ख ८२८६ नं को बस र खर्बाङबाट खौलार तर्फ आउँदै गरेको ध १ ज ८१८ नंको ट्याक्सी एकआपसमा ठोक्किँदा ट्याक्सी चालक गुल्मी घर भई हाल खार बस्दै आएका २० वर्षीय शिशिर शेरचन घाईते भएका हुन् ।
बडिगाड गाउँपालिका वडा नं ५ न्वार स्थित घुम्तिमा बस र ट्याक्सी ठोक्किएका हुन् । घाईते शेरचनको प्राथमिक उपचार पछि थप उपचारका लागि हटिया लगिएको छ ।
उनको दाहिने छाति र कम्मरमा चोट लागेको छ । ट्याक्सीमा अन्य यात्रुहरु पनि सवार रहेपनि अन्य भने सकुशल रहेको प्रहरीले जनाएको छ । बसलाई खार प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
Badigad Online