गुल्मी । बंकरभित्र रहेका नेपाली विद्यार्थीको उद्धार इजरायली सेनाले गर्न थालेको छ । कृषि फर्ममा कार्यरत ३२ जना नेपाली विद्यार्थीहरुको उद्धार गरेको हो ।
यसरी उद्धार गरिएको मध्ये १ जना गुल्मेली विद्यार्थी पनि रहेको खुलेको छ । दूतावासले सार्वजनिक गरेको उद्धार गरिएका विद्यार्थीहरुको नामावलीमा गुल्मीको रेसुंगा नगरपालिका २ की मनिषा खनालको पनि नाम रहेको छ । उनलाई डेभिडियन कृषि फर्मबाट उद्धार गरि सेनाले सुरक्षित स्थानमा लगेको छ ।
सेदोत नेगेभबाट फार्ममा रहेका सबैलाई इजरायली सेनाले सुरक्षित स्थानतर्फ लगेको हो । इजरायल आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
Badigad Online