दिनेश शर्मा, बडिगाड, बाग्लुङ, कार्तिक २९,
जिल्लाको बडिगाड गाउपालिका को वडान २ मा रिक्त रहेको वडाअध्यक्ष्य पदको उपनिर्बाचन मा तिन दलको उम्मेदवारी परेको छ। स्थानिय निर्बाचन मा तत्कालीन ने क पा एमाले बाट निर्बाचन जितेका बिष्णु भुषाल जिल्ला समन्वय समिती को उप प्रमुख पद मा निर्बाचित भए पश्चात उक्त वडाध्यक्ष्य पद खाली रहेको थियो । उक्त पद मा अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बाट ढाल प्रसाद शेरचन ,नेपाली काङ्ग्रेस बाट डिल ब राना,समाजबादी पार्टी नेपाल बाट हरिलाल रानाको उम्मेद्वारी दर्ता भएको छ। नेकपा का ढाल प्रसाद शेरचन को प्रस्ताबक र समर्थक क्रमशः खगिश्वर अर्याल र प्रेम ब पुन रहेका छन भने काङ्ग्रेस का डिल ब राना को प्रस्ताबक र समर्थक मा होसियार सिङ थापा र प्रेम लाल अर्याल रहेका छन त्यसैगरी समाजबादी पार्टिका हरिलाल राना को प्रस्ताबक र समर्थक शिब ब राना र खगी राना रहेको निर्बाचन आयोग अधिकृत को कार्यलय बडिगाड का प्रमुख धुर्ब कुमार ढकाल ले जानकारी दिनुभयो ।
अरु दल उम्मेदवारी दर्ता पश्चात बडिगाड २ तर्फै लागेका थिए भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले खार बजार मा कोण सभा गरेको थियो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बडिगाड २ का पार्टी अध्यक्ष खगिश्वर अर्याल को अध्यक्षता र जिल्ला इन्चार्ज बलावती शर्मा को प्रमुख आतिथ्यता रहेको कार्यक्रम मा बोल्ने बक्ताहरुले बिगतमा एक्ला एक्लै चुनाबी मैदान मा उत्रिदा पनि २०० बढी मतान्तर ले चुनाब जितेको भन्दै अहिले नेकपा सङ्गै जनमोर्चा को समेत तालमेल भएको हुदा पाच सय बढी मतान्तर ले साझा बाम उम्मेदवार ले चुनाब जित्ने बक्ताहरुले दाबी गरेका थिए।उक्त कोणसभाको सन्चालन जनमोर्चाका नेता भिमसेन वन ले गरेका थिए।