काठमाडौं । इजरायल युद्धमा गोली लागेर घाइते भएका दाङका प्रविण डाँगीको स्थानीय अस्पतालमा शल्यक्रिया गरिएको छ ।
उनले अस्पतालको बेडबाटै शल्यक्रिया सफल भएको भिडियो सन्देश पठाएका छन् । सो भिडियोमा उनले भनेका छन्, ‘भर्खरै अपरेशन सक्सेस भयो । यो खबर मेरो घरसम्म पुर्याइदिनू ।’ डाँगीले आफ्नो अभिभावकको सम्पर्क नम्बर दिंदै र शल्यक्रिया सफल भएको र उक्त कुरा परिवारसम्म पुर्याइदिन आग्रह गरेका छन्।
दंगीशरण गाउँपालिका–३ हेकुलीका उनी गत २६ भदौमा बीएस्सी एजीको प्रयोगात्मक अध्ययनका लागि इजरायल गएका थिए । २२ वर्षीय डाँगीको खुट्टामा गोली लागेको थियो ।
Badigad Online