यी हुन युद्धग्रस्त देश इजरायलमा रहेका गुल्मेली, जसलाई परिवारले पर्खिरहेको छ

यी हुन युद्धग्रस्त देश इजरायलमा रहेका गुल्मेली, जसलाई परिवारले पर्खिरहेको छ

Badigad Online
3 Min Read

प्रेम सुनार, गुल्मी । गुल्मी तम्घास धागिथुमकी माया खनाललाई हमास (इजरायल युद्ध सुरु भएयता दिनमा भोक, रातमा निद्रा छैन । छोरी मनिषा खनालसँगै इजरायल पढ्न गएका ४९ जना विद्यार्थी मध्ये १० जनाको मृत्यु भयो । एक जना अझै बेपत्ता छ्न् । घाइते ६ जना छ्न् । ३२ जना सकुशल मध्येकी एक हुन माया खनालकी छोरी मनिषा खनाल ।

गत शनिबार बिहान हमास (इजरायल युद्ध सुरु भएयता छिनछिनमा टोलाउनु, छोरीप्रति विलौना पोख्नु र बर्बरी आँसु खसाउनु दिनचर्या नै बनेको छ उनको । उपचार गराई रहेका मध्ये बोस कस्टडी र पुलिस कष्टडिमा २ जना र हस्पिटालिटिमा चार जना रहेको बताईन्छ १० जनाको ज्यान लिनेगरी आक्रमणमा परेको होस्टलमा १७ जना बस्दथे ।

आमा अध्यान सकेपछि काम पाए उतै बस्छु होला छोरीले भन्ने गरेको सुनाउछिन् माया खनाल । रेसुङ्गा नगरपालिका २ को धागिथुम टोलको मध्येम वर्गाीय परिवारमा पिता कमल प्रसाद खनाल र आमा माया खनालका कोखबाट जन्मिएका छोरा एक महेश र एक छोरी हुन मनिषा । बाबू बिरामी । दुई सन्तानलाई उच्च शिक्षा हासिल गराउन आमा माया खनालको निकै संघर्ष छ । छिमेक कै रेसुङ्गा माबिबाट ए ग्रेड ल्याएर एसएलसी पास गरेकी मनिषा तम्घासकै अर्जुन आवसीय माविबाट साईन्स विषयमा प्लसटु पास गरि टिकापुर स्थित सुदूरपश्चिम विश्वविद्यालय, कृषिविज्ञान सङ्कायको अध्यान गर्न पुगेकी थिईन र त्यो सकेर इजरायल सरकारको सिक्दै र कमाउदै कार्यक्रम अन्तर्गत इजरायलमा अध्ययनका लागि पुगेको माया खनाल बताउछिन ।

अहिलेसम्म त्यसै लहडमा कृषि अध्यानका लागि ईजरायल पुगेका ५ जन गुल्मेली रहेका छ्न भने अन्य कामदारको भिषामा पुग्ने २ जनासहित ७ जना गुल्मेली परिवारको सम्पर्कमा आई आफूहरु सुरक्षित स्थानमा रहेको जानकारी दिएको उनीहरुका परिवारले बताएका छ्न । धागिथुमकी मनिषा , छत्रकोट गाउँपालिका-१ हुगाका बाबू मिनप्रसाद भण्डारी र साबित्रा भण्डारीका छोरा विशाल भण्डारी, सोही पालिका-६ दौघाका दिपक सिन्जाली र निर्मला सिंजालीकी छोरी ममता सिंजाली , उनको परिवार हाल रुपन्देहीको तिलोत्तमा–१६ मधौलिया जुडा भन्ने स्थानमा बसोबास गर्छ्न ।

त्यस्तै कालिगण्डकी गाउँपालिका-२ अर्बेनी घर भइ हाल रुपन्देहीको मणिग्राम बस्ने थानिश्वर न्यौपानेका छोरा राजन न्यौपाने र सोही पालिका-६ खड्ककोटका टिकाराम ढकालका छोरा मिलन ढकाल कृषि अध्यानका लगि भदौ २६ मा सोही टोलीसँग इजराईल उडेका थिए । त्यस्तै कालिगण्डकी-२ अर्बेनिका हिमप्रसाद न्यौपानेका छोरा बाबुराम न्यौपाने अस्पतालको कामदार भिषामा डेढ महिना अघि मात्र इजरायल उडेका थिए । ती दुई न्यौपाने बीच सम्पर्क भैरहने र आफूहरु सुरक्षित स्थानमा रहेको परिवारलाई बताएका छ्न । त्यस्तै मालिका गाउँपालिका-६ अर्जैबेसिका भिमलाल गौतमकी छोरी पबित्रा गौतम पनि कामदार भिषामा एक वर्ष अघि ईजराईलमा गएको र उनी पनि सुरक्षित रहेको बताईन्छ । बाटग्लोबल आवाज

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित