ईजरायल घटना जसले ६ जना साथीहरुलाई ग्रिनेड फालेर बँचाए आफै घर फर्किन पाएनन्

ईजरायल घटना जसले ६ जना साथीहरुलाई ग्रिनेड फालेर बँचाए आफै घर फर्किन पाएनन्

Badigad Online
1 Min Read

काठमाडौं । इजरायलमाथि प्यालेस्टेनी विद्रोही समूह हमासको आक्रमण परी १० जना नेपाली विद्यार्थीको मृत्यु भयो । हमासको आक्रमणबाट जोगिन सफल २५४ जनालाई नेपाल सरकारले बिहीबार राति स्वदेश ल्यायो । तर, अझै इजरायलमा एकजना नेपाली विद्यार्थी बेपत्ता छन्, विपिन जोशी ।

विपिन जोशी तिनै हुन्, जसले हमासले बंगरभित्र फालेको ग्रिनेडलाई उल्टै बाहिर फलिदिएर थुप्रै साथीलाई बचाए । तर उनलाई भने हमासका सेनाले थाइल्याण्डका नागरिकसँगै लगे र बन्धक बनाए ।

बिहीबार राति इजरायलबाट स्वदेश फर्केसँगै चितवनकी विविशा अधिकारीले भनिन्, ‘हामी त जसोतसो बाँचेर स्वदेश आइपुग्यौं । तर हामीलाई जसले बँचायो, उसैको अवस्था अज्ञात छ । यो कुराले हामीलाई धेरै चिन्ता छ ।’

विपिनको खोजी गर्न नेपाल सरकारले अझै पहल गर्न नपुगेको उनको भनाइ छ । उनले इजरायलको अवस्था केही दिनपछि झन् भयावह हुने उनको अनुमान छ । इजरायल सरकारले पीडितहरुलाई राहतका लागि गरेका प्रयास प्रशंसनीय भएको उनले सुनाइन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित