बागलुङमा आगलागीबाट एक जनाको मृत्यु

बागलुङमा आगलागीबाट एक जनाको मृत्यु

Badigad Online
1 Min Read

बागलुङ : बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ ।

गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

शुक्रबार राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो ।
आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित