बागलुङ : बागलुङको बडिगाड गाउँपालिकामा बेबारिसे अवस्थामा फेला परेका बन्दुक प्रहरीले बरामद गरेको छ ।
कार्तिक २१ गते मंगलबार स्थानीय केही व्यक्तिहरुको सुचनाको आधारमा बडिगाड गाउँपालिका वडा नं ८ रणसिंहकिटेनी स्थित गोरेटो बाटो नजिक मौरी भिरको ओडारमा बेबारिसे अवस्थामा ३ तीन नाल एक नाले भरुवा र १ एक नाल बाह्रबोर सहित ४ वटा बन्दुक फेला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव निरिक्षक मदन के.सीले जानकारी दिनुभयो ।
यसबारे थप अनुसन्धान हुँदै गरेको उहाँको भनाई छ । तस्बिर : सांकेतिक
Badigad Online