बुधबारदेखि सम्पर्कविहीन गुल्मीका राजु मृत फेला

बुधबारदेखि सम्पर्कविहीन गुल्मीका राजु मृत फेला

Badigad Online
1 Min Read

गुल्मी । गुल्मीमा बुधबार साँझदेखि सम्पर्कविहीन रहेका २८ वर्षीय राजु मृत फेला परेका छन् ।

कालीगण्डकी गाउँपालिका- १ बकेवाका भट्टराई शनिबार बिहान मृत परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

हर्मिचौरमा रहेको हनुमान पार्कको नजिकै सडकदेखि मुनि पल्सर बाइकसँगै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

निजको शवलाई स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा लगिएको पाण्डेले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित