वर्तमान राज्य व्यवस्था प्रति निराश भैहाल्नुपर्दैन : जित शेरचन

वर्तमान राज्य व्यवस्था प्रति निराश भैहाल्नुपर्दैन : जित शेरचन

Badigad Online
1 Min Read

सागर भण्डारी, गुल्मी । गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनले वर्तमान राज्य व्यवस्था प्रति जनता निराश भैहाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । बागलुङको बडिगाड गाउँपालिका-५, खौलारमा न्वागी पर्वको अवसरमा आयोजित पौँदी न्वागी मेलालाई सम्बोधन गर्दै शेरचनले यस्तो बताउनुभएको हो ।

पहिले सामान्य कामका लागि मुकाम या राजधानी धाउनुपर्ने अवस्था थियो उहाँले भन्नुभयो- अहिले त धेरै काम पालिकाबाटै हुन्छ ।” सघिंयता पछि जनताका धेरै प्रशाशनिक काम सहित पूर्वाधार र योजनाका कामहरु स्थानीय सरकारबाटै हुने भएकाले सघींयताले धेरै सहज बनाएको उहाँको भनाई थियो । तर पनि यस व्यवस्थाका विरुद्धमा रहेका कतिपयहरुले जनतामा भ्रम पैदा गरेर निराशा छर्ने गरेको उहाँको टिप्पणी थियो ।

फरक प्रसंगमा शेरचनले तीनै तहका सरकार नागरिकका जनजिविकाका सवालमा केन्द्रित हुनुपर्ने भन्दै विकासका नाममा जनता झन झन गरिब बन्दै गएको बताउनुभयो । कर्मचारी र शिक्षकहरुले राजनीति गर्नुहुदैन भन्दा आफु संसदमा एक्लै भएको उहाँको भनाई थियो । “कर्मचारी, शिक्षक सबै पेशाका आआफ्नै राजनैतिक संगठन छन् यो किन आवश्यक पर्यो उहाँले भन्नुभयो प्रथमत ः राजनैतिक रुपमा विभाजित हाम्रो समाज चेतनशील हुनुपर्छ ।”

उहाँले पँौदी न्वागी मेलाले छुट्टै पहिचान बोकेको बताउनुभयो । उहाँले मेलाको अवसरमा आयोजना हुने कृषि प्रदर्शनी लगायतका कार्यक्रमले यहाँको उत्पादनमूलक विविधता झल्काउने समेत स्पष्ट पार्नुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित