बागलुङ पश्चिमकै ठुलो न्वागी मेला सुरु !

बागलुङ पश्चिमकै ठुलो न्वागी मेला सुरु !

Badigad Online
5 Min Read

सागर भण्डारी, गुल्मी । बागलुङ र गुल्मी सिमामा पर्ने पौँदी क्षेत्रमा मनाईने न्वागी पर्वको अवसरमा आयोजित न्वागी मेला सुरु भएको छ । घरमा नयाँ धानबाली भित्र्याएपछि खुसीयाली स्वरुप न्वागी खाएर मनाईने न्वागी पर्वलाई अझै उल्लासमय बनाउन प्रत्येक वर्ष पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण मञ्चले मेलाको आयोजना गर्दै आएको छ ।

मेलाको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनले उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै उहाँले पँौदी न्वागी मेलाले छुट्टै पहिचान बोकेको बताउनुभयो । उहाँले मेलाको अवसरमा आयोजना हुने कृषि प्रदर्शनी लगायतका कार्यक्रमले यहाँको विविधता झल्काउने समेत स्पष्ट पार्नुभयो ।

फरक प्रसंगमा शेरचनले तीनै तहका सरकार नागरिकका जनजिविकाका सवालमा केन्द्रित हुनुपर्ने भन्दै विकासका नाममा जनता झन झन गरिब बन्दै गएको बताउनुभयो । कर्मचारी र शिक्षकहरुले राजनीति गर्नुहुदैन भन्दा आफु संसदमा एक्लै भएको उहाँको भनाई थियो । “कर्मचारी, शिक्षक सबै पेशाका आआफ्नै राजनैतिक संगठन छन् यो किन आवश्यक पर्यो उहाँले भन्नुभयो प्रथमत ः राजनैतिक रुपमा विभाजित हाम्रो समाज चेतनशील हुनुपर्छ ।”

अहिलेको राज्य व्यवस्थासंग जनता निराश भई हाल्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले पहिले सामान्य कामका लागि मुकाम या राजधानी धाउनुपर्ने बाध्यताकाबीच सघींयताले उक्त कुरा घरदैलोबाटै हुने गरी सहज बनाएको बताउनुभयो । तर पनि यस व्यवस्थाका विरुद्धमा रहेकाहरुले जनतामा भ्रम पैदा गरेर निराशा छर्ने गरेको उहाँको टिप्पणी थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि एवम् बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले न्वागी मेलाले बडिगाड गाउँपालिकाको पहिचान राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा दिलाएको भन्दै यसको विशिष्ट पहिचान दिलाउन न्वागी मेलालाई गाउँपालिकाले स्थानीय पाठ्यक्रममा समेत समावेश गरेको बताउनुभयो । उहाँले मध्यपहाडी लोकमार्ग र ढोरपाटनको समीपमा जोडिएको पालिकामा धेरै सम्भाव्यता रहेको र त्यसलाई भरपूर प्रयोग गर्ने भन्दै भौगोलिक विकटताका बाबजुद बडिगाडबासी नागरिकको जीवनस्तर सुधार गर्न संघ र प्रदेश सरकारसंग विभिन्न योजनाका लागि पहल गरिरहेको बताउनुभयो । उहाँले खार बजार क्षेत्रको भित्रि सडक कालोपत्रे गर्ने, मध्यपहाडी लोकमार्गमा सडक बत्ती जडान गर्ने, बजार क्षेत्रमा एकै रंगका घरहरु निर्माण गरी अनिवार्य बगैचा बनाउने लगायतका कामहरु सुरु हुन लागेको समेत स्पष्ट पार्नुभयो ।

उद्घाटन समारोहमा मुसिकोट नगरपालिकाका नगर उपप्रमुख गंगा श्रेष्ठ, बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बडिगाड गाउँपालिका उपप्रमुख भिमसेन वन, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, राजनैतिक दल, बैंक तथा वित्तिय संस्था, सुरक्षाकर्मी, शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

मेलाको अवसरमा आयोजित प्रतियोगीतात्मक कार्यक्रमहरु मध्ये आज नौमती बाजा प्रतियोगीता र रेकर्ड डान्स प्रतियोगीता लगायतका कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रममा पौँदी न्वागी मेला संस्कृति संरक्षण मञ्चका सदस्य राम प्रसाद घिमिरेले न्वागी मेलाको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । उपाध्यक्ष भानुभक्त पौड्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव बिष्णु प्रसाद आचार्यले गर्नुभएको थियो ।

यस्तो छ न्वागीको महत्व

पौँदी न्वागी मेला संस्कृति संरक्षण मञ्चका सदस्य राम प्रसाद घिमिरका अनुसार गुल्मीको मुसीकोट नगरपालिकाको नेटा, पौँदीअमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने पर्व सुरु हुने गर्दछ । कणर्ाली राज्य टुक्रिएर १५औँ शताब्दीतिर इस्मा राज्यअन्तर्गत परेपछि पौँदी क्षेत्रमा न्वागी खाने पर्व सुरु भएको मानिन्छ । ’यकिन र लिखित इतिहास त छैन, तर यो पर्व सयौँ वर्षदेखि चल्दै आएको हो’, उहाँले भन्नुभयो, “पौँदी क्षेत्रमा धानखेती धेरै हुने भएकाले तत्कालीन राजा/रजौटाले न्वागीको परम्परा बसालेको हुनुपर्छ ।’

तत्कालीन इस्मा राज्यका राजाले सय मुरी धान फल्ने खेतको गुठी बनाएका थिए । छत्रुगुठीका रूपमा रहेको उक्त खेतमा उब्जाउ भएको धानलाई भित्र्याएपछि पहिलो परिकारस्वरुप न्वागी बनाएर खाने प्रचलनको सुरुआत भएको मानिन्छ । पछि त्यस क्षेत्रका सबै बासिन्दाले धानबाली स्याहारेपछि न्वागी खाने संस्कार बसालेका हुन् । आफन्त, इष्टमित्रलाई समेत घरमा निम्ता गरेर न्वागी खुवाउने चलन रहेको छ । पाहुनालाई सुरुमा न्वागी चखाएपछि नयाँ चामलकै भात र अन्य परिकार खुवाउने गरिन्छ । धानखेत नभएकाले पनि न्वागी खाएर पर्व मनाने गरेका छन् ।

न्वागी पर्वकै अवसर पारेर आजैदेखि बडिगाड गाउँपालिका-५ ग्वालीचौरमा परम्परागत न्वागी मेला लाग्ने गर्दछ । यसवर्षको मेला मसिंर ८ गते सम्म चल्नेछ । मेलामा कृषि प्रदर्शनीसहित प्रतियोगितात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । मेलाले त्यस क्षेत्रको कला, संस्कृति, खेल र व्यापारको प्रवद्र्धन तथा उत्थानमा टेवा पुग्ने विश्वास लिइएको छ । मेलामा १ लाख १५ हजार राशिको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगीता पनि राखिएको छ । साभार : जिटिभि नेपाल डटकम

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित