मोटरसाइकल दुर्घटनामा विद्यालयका शिक्षक र एकाउन्टेन्टको मृत्यु !

मोटरसाइकल दुर्घटनामा विद्यालयका शिक्षक र एकाउन्टेन्टको मृत्यु !

Badigad Online
1 Min Read

काठमाडौं- चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एउटै विद्यालयका शिक्षक र एकाउन्टेन्टको मृत्यु भएको हो।

शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताइ खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरो जिपले बागमती प्रदेश–०६–००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो। अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन्।

तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए। बेलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो।

मृतक पौडेल माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुन् । दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ। ठक्कर दिने बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित