बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-२ खल्टुबोटस्थित बडिगाड खोलामा मृत अवस्थामा फेला परेकी महिलाको परिचय खुलेको छ ।
तमानखोला गाउँपालिका -५ घर भइ हाल ढोरपाटन नगरपालिका -१ बुर्तिबाङमा बस्दै आएकी अन्दाजी ४० वर्षीया धनसरा विकको शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।उनका अनुसार मंगलबार बिहान बडिगाड खाेलामा महिलाकाे शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खोलामा फेला परेको महिलाको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । मृतकका श्रीमान् शिव श्रीपालीका अनुसार मर्निङवाक जान्छु भनि धनसरा बिहान घरबाट निस्केकी थिइन् । धनसराको एक छोरा र छोरी छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजकुमार विकको भनाइ छ ।
Badigad Online