रामकृस्ण कंडेल,वामीटक्सार,कार्तिक३०, ई–सेवाको वामीटक्सार सेन्टर र वुटवल शाखा कार्यालयको संयुक्त आयोजनामा मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सार बजारमा जोन मिट कार्यक्रम सम्पन्न भएको छ।मोबाइल रिचार्ज, विद्यालयको शुल्क भुक्तानी, हवाई टिकट, विजुलीको विल भुक्तानी, बस टिकट, ५२ भन्दा बढी बैंकमा रकम ट्रान्सफर, विमा शुल्क भुक्तानी, खानेपानी शुल्क भुक्तानी, रेमिटान्स आदिको काम छिटो र छरितो ढंगमा ई सेवा मार्फत गरिदै आएको इसेवा सेन्टर वामीका प्रमुख अर्जुन सापकोटाले बताऊनु भयो।
रूद्रावति होटलमा आयोजित कार्यक्रममा यस संस्था संग सम्बन्धित दस जना ब्यबसायि हरू लाई बिशेष सम्मान गरिएको थियो।
कार्यक्रममा इसेवा सेन्टर वामीका प्रमुख अर्जुन सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो।जिल्ला प्रतिनिधि रवि घिमिरे र अविशेख भण्डारीले कार्यक्रमको सञ्चालन गर्नु भएको बताईएको छ।
मोबाइल रिचार्ज, विद्यालयको शुल्क भुक्तानी, हवाई टिकट, विजुलीको विल भुक्तानी, बस टिकट, ५२ भन्दा बढी बैंकमा रकम ट्रान्सफर, विमा शुल्क भुक्तानी, खानेपानी शुल्क भुक्तानी, रेमिटान्स आदिको काम छिटो र छरितो ढंगमा ई सेवा मार्फत गरिदै आएको इसेवा सेन्टर वामीका प्रमुख अर्जुन सापकोटाले बताऊनु भयो।