बडिगाड गाउँपालिकाको प्रशासकिय भवनको आज उद्घाटन गरिदै

बडिगाड गाउँपालिकाको प्रशासकिय भवनको आज उद्घाटन गरिदै

Badigad Online
2 Min Read

खर्वाङ । बागलुङ : आज माघ १४ गते (आइतवार) बडिगाड गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन हुदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराजको पाण्डेको उपस्थितिमा प्रशासनिक भवन उद्घाटन हुन लागेको हो ।

सो उद्घाटन कार्यक्रममा बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै संघिय तथा प्रदेश सांसद, प्रदेशका मन्त्रिहरु, जिल्ला स्तरका सवै राजनैतिक दलका प्रमुखहरु लगाएतको सहभागिता रहने प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभएको छ ।

भवन उद्घाटनको कार्यक्रममा बडिगाड गाउँपालिका भित्र उत्पादित विभिन्न कृषि तथा पशुजन्य सामाग्रि, हस्तकला, काष्ठ सामाग्रि, शैक्षिक प्रदर्शनी, विभिन्न झाँकीहरु लगाएतका कार्यक्रमहरु प्रदर्शन गरिने पालिकाले जनाएको छ ।

त्यस्तै गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको गाउँपालिका उपाध्यक्ष भिमसेन बनले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रमको लागि विहान ११ बजे खौलारबाट झाँकी सहितको र्याली सुरु हुने, मध्यान्ह १२ः३० बजे भवन उद्घाटन सहित विभिन्न कार्यक्रमहरु साँझ ५ बजेसम्म रहनेगरि कार्यक्रम तयारी गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभएको छ ।

२०७७ साल असोज २१ गते तत्कालीन गण्डकी प्रदेशका अर्थमन्त्रि किरण गुरुङले सिलन्यास गरेको भवनको वर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्रि पाण्डेले उद्घाटन गर्न लाग्नुभएको हो ।

२०७८ मंसिर १६ गते भित्र सम्पन्न गर्ने गरि ५ करोड १८ लाख ५४ हजार ८ सय १९ रुपैयामा माउण्टेन कविन्द्र जेभिले ठेक्का लिएको थियो । तर विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले समयमै काम नसक्दा योजना लम्बिएको थियो । गत वैसाखबाट सेवा सुरू गरेकाे भवनकाे असार मसान्तमा निर्माण सम्पन्न भएकाे थियाे।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित