बडिगाड स्वास्थ्य शाखा प्रमुखलाई मोसो दलेको आरोपमा एक जना पक्राउ

बडिगाड स्वास्थ्य शाखा प्रमुखलाई मोसो दलेको आरोपमा एक जना पक्राउ

Badigad Online
1 Min Read

बागलुङ । बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विजय केसीलाई कालोमोसो दलेको आरोपमा प्रहरीले एक जना पक्राउ परेका छन् । शाखा प्रमुख केसीलाई कालोमोसो दलेको आरोपमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बागलुङका जिल्ला संयोजक पूर्णबहादुर गुरुङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

गुरुङलाई अभद्र व्यवहारको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा पीडित पक्षको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ परेका गुरुङलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ । गुरुङलाई बुधबार ताराखोला गाउँपालिका वडा नम्बर १ को भुस्काटबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित