रामकृष्ण कंडेल,कार्तिक२९, नेपाली महिला भलिबल टिमले यस पटक नेपालको लागि स्वर्ण पदक दिलाऊन सफल भएको छ।नेपालि मिति अनुसार कार्तिक२३देखि शुरू भई २८गते बंगलादेशको ढाकामा सम्पन्न ए भि सी सेन्टर जाेन महिला भलिबल प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक दिलाऊन सफल भएको इतिहॉसमा पहिलो अवसर भएको नेपाल विद्यालय भलिबल कमिसन का केन्द्रिय अध्यक्ष रामबहादुर के सी ले हामि संगको कुराकानीमा बताऊनु भएको छ।
स्वर्ण पदक विजेता १८सदस्यिय नेपाली महिला भलिबल टिमको क्याप्टेन अरूणा शाहि रहेको बताईएको छ।उक्त खेलमा नेपाल लगायत बंगलागेश,माल्दिभ्स,अफगानिस्तान,किर्गिस्तान गरी पॉच देशको सहभागिता रहेको अध्यक्ष के सी ले बताऊनु भयो।अध्यक्ष के सी का अनुसार राऊन्ड रोबिनको आधारमा खेल सम्पन्न भएको थियो।खेल अबधिमा कुनै पनि देशले नेपाल लाई एक सेट पनि जित्न नसकेको यो पहिलो घटना भएको खेल जानकार हरू बताऊदछन।अन्तिम चरणमा माल्दिभ्स संग खेलेको नेपाल बिस्व सामु यतिखेर निकै चर्चामा देखिन्छ।सबै देश हरू लाई पराजित गरि स्वर्ण पदक जित्न सफल भएकोमा सबै खेलाडि हरू लाई नेपाल सरकारले तिन तिन लाख पुरस्कार घोषणा गरेको छ।गत साल श्रीलंकामा सम्पन्न पुरूष भलिबल प्रतियोगितामा नेपालले तृतिय स्थान प्राप्त गरेको थियो।
तर एकाएक महिला तर्फको खेलमा नेपालले यस पटक ईतिहॉसमै पहिलो पटक स्वर्ण पदक प्राप्त गर्न सक्नु खेलाडि हरूको सहि छनौट,उनिहरूको कडा मिहिनेत र नेपाल विद्यालय भलिबल कमिसन र यसको सहि नेतृत्वले गर्दा हो भन्ने बुझाई धेरैको देखिएको छ।
अन्तर्राष्ट्रिय विमानस्थलमा आज खेलाडि हरूको लागि खेलकुद परिषदका सदस्य सचिब, नेपाल विद्यालय भलिबल कमिसन का केन्द्रिय अध्यक्ष के सी सहित उक्त संस्थाका बरिस्ठ पदाधिकारि हरूले स्वर्ण पदक बिजेता नेपाली खेलाडि हरू लाई अन्तरास्ट्रिय बिमानस्थलमा भब्य स्वागत गर्नु भएको छ।