दुवईमा पहिलोपटक सनातन धर्म बोकेर बागेश्वर बाबा प्रवेश हुदै, नेपाली चेली पुनम यादवको ठुलो भूमिका 

दुवईमा पहिलोपटक सनातन धर्म बोकेर बागेश्वर बाबा प्रवेश हुदै, नेपाली चेली पुनम यादवको ठुलो भूमिका 

Badigad Online
2 Min Read

युएईमा पहिलो पटक धिरेन्द्र शास्त्री उर्फ बागेश्वर बाबाको दिब्य दरबार लाग्ने भएको छ। उक्त भव्य दरबारमा हनुमन्त कथा बाचन पनि हुनेछ ।  दुवईमा यसरी भव्य रुपमा हिन्दु सनातन धर्मको प्रचार प्रसार साथै हनुमन्त कथा बाचन तथा भव्य दिब्य दरबार लाग्न लागेको सम्भवत यो इतिहास मै पहिलो पटक हो। युएई एउटा इस्लामिक राज्य पनि हो।

बागेश्वर बाबाको दिब्य दरबार मे २२ देखि मे २६ सम्म ५ दिन लाग्ने छ। बाबा बागेश्वरका अनुसार उक्त दरबारमा प्रवेश नि:शुल्क गरिएको छ। बागेश्वर बाबाले उक्त कुराको जानकारी एउटा भिडियो मार्फत दिनु भएको छ। बागेश्वर बाबाले केही बर्ष देखि हिन्दु सनातन धर्मको ब्यापक रुपमा प्रचार प्रसार गर्दै आउनु भएको छ। दिब्य दरबारमा उहाले मानिसहरुको पर्चा बनाएर चमत्कारीक रुपमा मनको कुरा साथै घरको समस्या पत्ता लगाएर समाधान पनि दिने गर्नु हुन्छ।  यो देखेर बागेश्वर बाबाको चर्चा मात्र हैन आलोचना समेत हुदै आएको छ।

नेपालकी छोरी पुनम यादबको सक्रियतामा हिन्दु सनातन धर्मको प्रचार प्रसार गर्न दुवईमा बागेश्वर बाबाको दिब्य दरबार लाग्न लागेको हो। पुनम यादव माओवादी निकट मधेश प्रदेशकी एक प्रखर एव स्थापित नेत्री हुन। उनि केहि समय देखि हिन्दु धर्मको प्रचार प्रसार गर्न सक्रिय रुपमा लागिपरेकी छन्। केहि समय अगाडी उनले दुवैका प्रख्यात बिजनेसम्यान डा भू अब्दुल्लालाई ब्यापारिक अध्यनको लागी नेपाल ल्याएकी थिन।

दुवईमा आयोजना हुन लागेको दिब्य दरबारमा सबैजनालाई निम्तो दिदै बागेश्वर बाबाले झुटो प्रचार प्रसार बाट बच्न र दुवईमा बस्ने सबैलाई  निशुल्क आफ्नो उक्त दिब्य दरबारमा उपस्थित हुन् आग्रह गर्नु भएको छ।

भिडियो

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित