ग्वालीचौरमा राष्ट्रिय कराँते प्रतियोगीता सुरु ।

ग्वालीचौरमा राष्ट्रिय कराँते प्रतियोगीता सुरु ।

Badigad Online
1 Min Read

अनिश शर्मा गैरे, गुल्मी÷बाग्लुङ्ग १ मँसिर बाग्लुङ्गको बडिगाड ५ ग्वालीचौरमा दोस्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ । प्रतियोगीतामा देशका सात प्रदेश र आयोजक टोली गरी आठ समुहको सहभागीता रहेको छ । नेपाल सितोरियो कराते बडिगाड डोजोको संयोजनमा आइतवार र सोमबार गरी दुुइ दिनसम्म ग्वालिचौरमा दोस्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगिता २०७६ को आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ८० हजार, ५० हजार र ३० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमलाई १५ हजार नगद र खान–बस्नको व्यवस्था गरिएको छ । करिब ३० लाख रुपैयाँको बजेट अनुमान गरिएकोमा गाँउापलिकाले २२ लाख रुपैया सहयोग गरेको छ भने अन्य सहयोग अन्य श्रोतबाट जुटाइने छ ।

प्रतियोगीतामा देशका सात प्रदेश र आयोजक टोली गरी आठ समुहको सहभागीता रहेको छ । नेपाल सितोरियो कराते बडिगाड डोजोको संयोजनमा आइतवार र सोमबार गरी दुुइ दिनसम्म ग्वालिचौरमा दोस्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगिता २०७६ को आयोजना गरिएको हो ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित