दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता खार बजारमा सुरु ७ प्रदेश सहित ८ टिमको सहभागिता ।।

दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता खार बजारमा सुरु ७ प्रदेश सहित ८ टिमको सहभागिता ।।

Badigad Online
2 Min Read

कमल पौडेल, ०१ मंसिर २०७६, बडिगाड बागलुङ, बागलुङको बडिगाड गाउँपालिकामा दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता सुरु भएको छ। सातै प्रदेशका खेलाडिहरुको सहभागिता रहेको प्रतियोगीता दुई दिन सम्म चल्ने आयोजकले जनाएको छ। बडिगाड गाउँपालिकाको आर्थिक सहयोग तथा बडिगाड डोजोको आयोजनामा सो प्रतियोगीता सुरु भएको हो। आज पहिलो दिन एकल तथा सामुहिक काँटा प्रदर्शन भएको छ। कार्यक्रमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य तथा बागलुङ क्षेत्र नं. २ का संघिय साँसद देवेन्द्र पौडेलले गर्नुभएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै सांसद पौडेलले देशलाई एकता वद्ध बनाउन खेलले महत्वपूर्ण भूमिका खेल्ने भन्दै खेल आयोजना गर्ने बडिगाड गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नेपाल कराँते महासघका केन्द्रिय कार्यवाहक अध्यक्ष दाबा गुरुङ, संस्थापक सदस्य राजिव थापा, कराँते संघका केन्द्रिय सदस्य गजेन्द्र खपांगि लगाएतको सहभागिता रहेको छ। कार्यक्रममा अन्तराष्ट्रिय कवड्डी प्रतियोगीताका विजेता वासु वस्याललाई सम्मान गरिएको थियो। आयोजक संगै ८ टिमको सहभागिता रहने राष्ट्रिय सितोरियो कराँते खेल बडिगाड गाउँपालिकाको खार वजारमा चलिरहेको छ। प्रतियोगिताको लागि देश भरवाट २१० सय वढि खेलाडि, १६ जना प्रशिक्षक, अन्तराष्ट्रि १८ र राष्ट्रिय ४२ गरि जम्मा ६० जना रेफ्री (एम्पाएर) को सहभागिता रहेको कार्यक्रम संयोजक राजन पाइजाले जानकारी दिनुभएको छ। उद्घाटन पूर्व पञ्चैवाजा सहित खेलाडि, प्रशिक्षक सहितको सातै प्रदेशको टोली प्रभातफेरीमा सहभागि भएको थियो। कार्यक्रममा ३० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ। प्रतियोगीताको लागि वडिगाड गाउँपालिकाले २२ लाख ५० लाख विनियोजन गरेको छ।

सो प्रतियोगीतामा प्रथम पुरस्कार ८० हजार ट्रफि, मेडल र प्रमाणपत्र, द्धितियको लागि ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुनेको लागि ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र को व्यावस्था गरिएको छ। प्रत्येक सहभागि टिमलाई खान वस्नको व्यवस्था सहित १५ हजार प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ। गत वर्ष विभागिय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत सहभागिता रहेको थियो तर यस वर्ष विभागिय टोली तेह्रौ सागको छनौट प्रशिक्षणमा विदेशमा रहेकोले सहभागि हुन नसकेको बताइएको छ।

फोटोः कार्यक्रम उद्घाटन गर्दै संघिय साँसद देवेन्द्र पौडेल तथा खेलाडि, तस्विर सौजन्यः जिवन पाण्डे

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित