खर्बाङ्गमा काँग्रेसको अन्तरक्रिर्या सम्पन्न ः देशभर काँग्रेसको लहर चलेको नेता सिटौलाको भनाइ,

खर्बाङ्गमा काँग्रेसको अन्तरक्रिर्या सम्पन्न ः देशभर काँग्रेसको लहर चलेको नेता सिटौलाको भनाइ,

Badigad Online
2 Min Read

अनिश शर्मा गैरे, बाग्लुङ्ग १ मँसिर, नेपाली काँग्रेसका पुर्व केन्द्रिय महामन्त्री कृष्णप्रसाद सिटौलाले एकढिक्का भएर पार्टीका उम्मेद्वारलाइ जिताउन निर्देशन दिएका छन् । बडिगाड गाँउपालिका २ मा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिर्या कार्यक्रममा बोल्दै पुर्व गृहमन्त्री समेत रहेका सिटौलाले पार्टीमा अहिले कुनै पनि मतभेद नभएको भन्दै अझै बलियो भइ प्रचारमा लाग्न आग्रह गरे । नेता कार्यकर्ता तथा उम्मेद्वारलाइ चुनावी आचारसंहिता भन्दा बाहिर नगएर पार्टीलाइ जिताउने गरी काम गर्न आग्रह गरेका हुन् ।

अहिले राष्ट्रको जल्दोबल्दो सीमा विवादको बिषयमा बोल्दै सिटौलाले सरकारले सबै दलहरुको साथ पाएको यो मौका गुमाउन नहुने बताए । सरकारले सीमा समस्या समाधान गर्न खुट्टा कमाएको भन्दै उनले कुटनीतिक पहललाइ निरन्तर अघि बढाइ सीमा विवाद साम्य पार्नुपर्ने बताए । चुनावमा काँग्रेसको लहर आएको भन्दै सिटौलाले कम्युनिष्ट सरकारले देशमा काण्डै काण्ड सिर्जना गरेको कारण जनता कम्युनिष्ट प्रति आजीत भएको टिप्पणी गरे ।

कार्यक्रममा सिटौला सँगै पुर्व मन्त्री शंकर भण्डारी, सासंद ज्ञानकुमारी छन्त्याल, जिल्ला सभापति दिपेन्द्र थापा, प्रदेश सासंद मणिभद्र कंडेल, नेविसंघ जिल्लाध्यक्ष खड्ग थापा, काँग्रेस बडिगाड गाँउपालिका संयोजक अर्जुन खरेल, बडिगाड ६ का अध्यक्ष मौसमकाजी क्षेत्री, मुसिकोट १ का अध्यक्ष पुर्ण बहादुर हितान मगर, तथा जिल्ला सदस्यहरु, महाधिवेशन र महासमिति सदस्यहरु ल्गायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै बडिगाड २ को वडाध्यक्ष पदमा काँग्रेसका तर्फबाट उम्मेद्वार डिल बहादुर रानाले आफु दुखी किसानको छोरो भएको कारण दुखी जनताका कुरा बुझेर बिकास निर्माणमा लाग्ने बताउँदै जिताउन आग्रह गरे ।साविकको दगातुम्डाडा गाविसका पार्टी सभापति सुवेदार रत्न बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बडिगाड ७ का वडाध्यक्ष तथा गाउपालिका उपसंयोजक कृष्ण गुरुङ्गको सञ्चालन रहेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित