रामकृस्ण कंडेल,वामीटक्सार। मुसिकोट नगरपालिका वडानं७को भेडुवामा खुल्ला पुरुष भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।डब्लु आइसीसी को आयोजना र जनसेवा आमा समूह तथा प्रगतिशिल युवा परिवारको सहआयोजनामा खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम गर्न लागिएको डब्लु आइसीसी का संस्थापक अध्यक्ष दिलिप थापाले जानकारी दिनुभयो।यसै अवसरमा आउँदो मंसिर २४ देखि २६ गतेसम्म रास्ट्रिय ख्यातिप्राप्त कलाकार हरूको बेजोड सॉस्कृतिक प्रस्तुति हरू पनि कार्यक्रममा रहने थापाले जानकारि दिनुभयो।संस्थापक अध्यक्ष थापाका अनुसार कार्यक्रम भब्यताका साथ सम्पन्न गर्नका लागि आर्थिक संयोजकमा डिलाराम खरेल लाई संयोजक बनाई संकलन कार्य पनि शुरू गरिएको छ।खेलकुद कार्यक्रममा बचत भएको रकमलाई मुसिकोट नगरपालिका ७ वामी माईका थान लाई निर्माणमा खर्च गरिने छ।देश बिदेश जहॉ रहे पनि यस कार्यक्रममा सहयोग गर्ने दानबिर हरू लाई कार्यक्रम अबधिभर सहयोग रकमको आधारमा सम्मान तथा अभिनन्दन समेत गरिने संस्थापक अध्यक्ष दिलिप थापाले बताऊनु भयो |
यस क्षेत्रमा केहि बर्ष पहिले देखि वामी शेरामा स्थायि घर भई हाल जापानमा कार्यरत सामाजिक ब्यक्तित्व दिलिप थापाको सकृयतामा बृहत् साँस्कृतिक कार्यक्रम तथा भलिबल कार्यक्रम आयोजना गर्न शुरू गरिएको मुनपा७का निर्बाचित वार्ड सदस्य ल़क्ष्मण खरालले बताऊनु भयो।थापाको अभियान लाई मन पराई हरेक बर्ष बिबिध कार्यक्रम हरू हुदै आएको वार्ड सदस्य खरालले बताऊनु भयो। बर्तमान अध्यक्ष रेशम रायमाझीको नेतृत्वमा संस्थाका संरक्षक इन्द्र थापा र बरिष्ठ सल्लाहकार अर्जुन रायमाझी कार्यक्रम सफल पार्न नेपाल आऊन लागेको समेत बताईएको छ।बार्षिक कार्यक्रम लाई सफल पार्न डब्लु आइसीसी को बैठक सम्पन्न भएको छ।बैठक पश्चात प्रचार प्रसार,आर्थिक संकलन लगायतका काम हरूमा तिब्रता दिईएको क्लबले जनाएको छ।
।खेलकुद कार्यक्रममा बचत भएको रकमलाई मुसिकोट नगरपालिका ७ वामी माईका थान लाई निर्माणमा खर्च गरिने छ।देश बिदेश जहॉ रहे पनि यस कार्यक्रममा सहयोग गर्ने दानबिर हरू लाई कार्यक्रम अबधिभर सहयोग रकमको आधारमा सम्मान तथा अभिनन्दन समेत गरिने संस्थापक अध्यक्ष दिलिप थापाले बताऊनु भयो |हाल जापानमा कार्यरत सामाजिक ब्यक्तित्व दिलिप थापाको सकृयतामा बृहत् साँस्कृतिक कार्यक्रम तथा भलिबल कार्यक्रम आयोजना गर्न शुरू गरिएको मुनपा७का निर्बाचित वार्ड सदस्य ल़क्ष्मण खरालले बताऊनु भयो।थापाको अभियान लाई मन पराई हरेक बर्ष बिबिध कार्यक्रम हरू हुदै आएको वार्ड सदस्य खरालले बताऊनु भयो।