वामी विश्व सम्पर्क मञ्च नौमति बाजा महोत्सवको सचिबालय बैठक सम्पन्न!!

वामी विश्व सम्पर्क मञ्च नौमति बाजा महोत्सवको सचिबालय बैठक सम्पन्न!!

Badigad Online
2 Min Read

रामकृस्ण कंडेल,वामीटक्सार वामी विश्व सम्पर्क मञ्च नौमति बाजा महोत्सव तथा साँस्कृतिक समिति को सचिवालय बैठक सम्पन्न भएको छ।अनलाइन बाट गरिएको बैठकमा महत्वपुर्ण बिषय हरुमा छलफल गरि निर्णय हरू समेत गरिएको महासचिब हेमनाथ खरेलले जानकारी दिनु भएको छ।महासचिब खरेलका अनुसार वामी विश्व सम्पर्क मञ्च को मुल बिधान को भाबना र मर्म लाइ सम्मान हुने गरी साँस्कृतिक समिति मार्फत साँस्कृतिक कार्यबिधि निर्माण गर्ने,साँस्कृतिक कोष सँकलन को लागि कार्यबिधि ले गरेको दिशानिर्देश लाइ मध्यनजर गर्दै अघि बढ्ने,यसै बर्षको अन्त्यसम्म वामी मा बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरि ” मौलिकता की आधुनिकता” शिर्षक मा बाद बिवाद कार्यक्रम सम्पन्न गर्ने रहेका छन।त्यसैगरी बैठकले वामी लाइ चिन्ने / वामि ले रुचाउने मौलिक भाका हरु को पहिचान गरि हाम्रो आफ्नै प्याटन का पुराना भाका लाइ कम्तीमा यौटा भए पनि रेकर्डिङ गर्ने,वामी विश्व सम्पर्क मञ्च मुल समितिका महासचिव शिक्षक रामचन्द्र सापकोटा र साँस्कृतिक समिति का सुचना तथा सञ्चार प्रमुख रामकृष्ण कंडेल दुइ जना को रोहबर मा वामि स्थित सबै युबा क्लब, सबै आमा समुह र सबै बिद्यालय बाट एक एक जना प्रतिनिधि यस वामी विश्व सम्पर्क मञ्च नौमति बाजा महोत्सव तथा साँस्कृतिक समिति मा जोडेर कार्य समिति लाइ पुर्णता दिने निर्णय गरेको छ।

बैठकमा बौद्धिक ब्यक्तित्व हरु, प्रमुख सल्लाहकार ,बरिष्ठ सल्लाहकार, अध्यक्ष,उपाध्यक्ष द्वय,कोषाध्यक्ष, सचिब ज्यु लगायत साँस्कृतिक मन हरु तथा कार्यकारी समिति का अधिकॉस साथिहरु को सहभागिता रहेको थियो।बैठकमा बौद्धिक ब्यक्तित्व हरु बैकुन्ठ रायमाझी (चेक),डा.जिबलाल सापकोटा(काठमान्डौ),रामबहादुर के सी(काठमान्डौ),रमेश कंडेल(सुडान),हेमन्त खरेल(कोरिया),ध्रुब के सी(कोरिया),रामकृस्ण कंडेल(वामीटक्सार),रामचन्द्र सापकोटा(वामीटक्सार),निर्मला रायमाझी(जापान)लगायतको सहभागिता रहेको थियो।सॉझ७.३०बाट शुरू भई बैठक सॉझ९.३०मा सम्पन्न भएको हो।बैठक अध्यक्ष बैकुन्ठ रायमाझिको अंध्यक्षता र महासचिब हेमनाथ खरेलको सन्चालनमा सम्पन्न भएको थियो।
स्मरण रहोस वामी-विश्व सम्पर्क मञ्चले वामीको सांस्कृतिक विकास, मौलिक नौमती बाजा तथा पुराना वा परम्परागत संस्कृति संरक्षण तथा प्रवर्द्धनको लागि बैकुन्ठ रायमाझिको अध्यक्षतामा पैँतिस सदस्यीय कार्यसमिति गठन गरेको छ। आगामी वर्ष २०७७ आस्विन शुक्ल पुर्णिमा अथवा कोजाग्रत पूर्णिमा (विजया दशमी पछिको पूर्णिमा) को एकदिन पछि द्वितीया तिथिमा आयोजना गरिने नौमती बाजा महोत्सव तथा सांस्कृतिक कार्यक्रम गरिने छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित