दिनेश शर्मा, बडिगाड बाग्लुङ, मङ्सिर ६, जिल्ला को बडिगाड गाउपालिका वडा न ५ दाह्रेगौडा मा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। ध १ प ४०२२ नम्बर को मोटरसाइकल र बिपरित दिशा बाट आएको लु ३२प ९३१ नम्बर को मोटरसाइकल एक आपसमा ठोक्किएपछी दुर्घटना भएको हो।
दुर्घटना मा परि चार जना घाइते भएका छ्न घाइते हुनेहरुमा बडिगाड गाउपालिका वडा न ९ निवासी बर्ष ४० का बिजय के सि,बर्ष ३९ का गोपाल के सि त्यसैगरी निसिखोला गाउपालिका निवासी बर्ष २८ का रमेश चन्द र ढक ब शाही रहेको प्रहरी चौकी खार का इन्चार्ज लालमणी भट्टराई ले जानकारी दिनुभयो।मेला हेर्न आएर फर्किने क्रममा रहेको मोटरसाइकल र मेलातर्फ आउदै गरेको मोटरसाइकल दाह्रेगौडा मा ठोकिएको हो ।घाइते चारजना मध्ये तिनजना लाइ स्थानीय बडिगाड पोलिक्लिनिक मा उपचार गरिएको थियो भने एकजना गोपाल के सि लाई भने थप उपचार का लागि एम्बुलेन्स मार्फत पाल्पा पठाइएको बताइएको छ।