वडा कार्यलय बाटै भत्ता बुझ्न पाउँदा बृद्द बृद्दा खुसी !

वडा कार्यलय बाटै भत्ता बुझ्न पाउँदा बृद्द बृद्दा खुसी !

Badigad Online
2 Min Read

दिनेश शर्मा, बडिगाड बाग्लुङ, जिल्ला को बडिगाड गाउपालिका वडा न ७ ले वडा बाट नै सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ।सामाजिक सुरक्षा भत्ता लिनको लागि दुर्गम गाउबस्ती बाट घन्टौ घन्टा हिडेर बैक पुग्नुपर्ने बाध्यात्मक परिस्थिती को अन्त्य गर्दै वडा कार्यलय ले वडा बाट नै सामाजिक सुरक्षा भत्ता बितरण गरेपछी बृद्द बृद्दा हर्षित भएका छन।बृद्धअबश्था का ब्यक्तिहरु बडिगाड ७ बाट गाडी रिजर्भ गरेर बुर्तिबाङ पुगेर बैक बाट भत्ता लिएर आउदा कतिपय ले त भत्ता आउजाउ मै सकिने गरेको गुनासो गर्दै आएका थिए भने बैक पुगेपछी पनि घन्टौंसम्म लाइन बस्नुपर्दा बृद्द बृद्दा ले थप पीडा भोग्नुपरेको थियो।

अशक्त र बृद्द बृद्दा हरुलाइ दुख नहोस भनेर वडा कार्यलय मै भत्ता बितरण सुरु गरेको र अब वडा मै भत्ता बितरण लाई निरन्तरता दिइने र अशक्त हरुलाइ एउटा फाराम र चेक मा सहि गराएपछी एकाघर को ब्यक्ती लाई भत्ता दिने ब्यवस्था गरिएको वडा अध्यक्ष कृष्ण गुरुङ ले बताउनुभयो। केही समय दु ख पाएपनी प्रभु बैक का कर्मचारी वडा कार्यलय मै आएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएपछी बैक कर्मचारी र जनप्रतिनिधी लाई बृद्द बृद्दा हरुले धन्यवाद समेत दिएका छन। सबै को दुख देखेर नै वडा ले वडाकार्यलय बाटै भत्ता बितरण गर्ने निर्क्यौल गरेको वडासचिब नरबिर पर्तेल ले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता बितरण गरेपछी बृद्द बृद्दा हर्षित भएका छन।बृद्धअबश्था का ब्यक्तिहरु बडिगाड ७ बाट गाडी रिजर्भ गरेर बुर्तिबाङ पुगेर बैक बाट भत्ता लिएर आउदा कतिपय ले त भत्ता आउजाउ मै सकिने गरेको गुनासो गर्दै आएका थिए भने बैक पुगेपछी पनि घन्टौंसम्म लाइन बस्नुपर्दा बृद्द बृद्दा ले थप पीडा भोग्नुपरेको थियो।जनप्रतिनिधी लाई बृद्द बृद्दा हरुले धन्यवाद समेत दिएका छन। सबै को दुख देखेर नै वडा ले वडाकार्यलय बाटै भत्ता बितरण गर्ने निर्क्यौल गरेको वडासचिब नरबिर पर्तेल ले बताउनुभयो ।जिल्ला को बडिगाड गाउपालिका वडा न ७ ले वडा बाट नै सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित