दिनेश शर्मा मङ्सिर ७ बाग्लुङ बुर्तिबाङ, जिल्लाको प्रदेश २ ख अन्तर्गत को प्रदेश स्तरिय सम्युक्त बाम गठबन्धन को विशाल चुनाबी सभा आज बुर्तिबाङ मा सम्पन्न भएको छ।राष्ट्रिय जनमोर्चा बाग्लुङ का जिल्ला अध्यक्ष अमर थापाको अध्यक्ष्यता रहेको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड को प्रमुख आतिथ्यता तथा महासचिव बिष्णु पौडेल र राष्ट्रिय जनमोर्चा का अध्यक्ष चित्र ब के सि को बिशिस्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रचन्ड ले नेता तथा कार्यकर्ता लाई बाग्लुङ क्षेत्र न २ प्रदेश ख को निर्बाचन यस क्षेत्र को निर्बाचन मात्र नभई देश भरी कै जनता ले यसको परिणाम मा चासो दिएको भन्दै सम्युक्त बाम गठबन्धन का उम्मेद्वार खिम बिक्रम शाही लाई गिलास चिन्हमा मतदान गरि बिजयी गराउन अनुरोध गर्दै यस क्षेत्र को निर्बाचन ले बाम शक्ति बिचको सामिप्यता लाई थप उचाइमा पुर्याउदै स्वर्गीय साम्सद टेक ब घर्ती को सपना समेत पूरा हुने बताउनुभयो।
उक्त सभामा बोल्दै प्रचन्ड ले उत्तरगङ्गा जलबिधुत परियोजना,सालझन्डी ढोरपाटन सडक ,बुर्तिबाङ निसिखोला हुँदै प्युठान जोड्ने सडक लगाएत का बिकास का योजना तत्काल अगाडि बढाइने बताउनुभयो ।प्रचन्ड ले एक फरक प्रसङ्ग मा पार्टी एकताले अन्तिम रुप पाएको भन्दै ७० बर्षपछी नेपाल ले केपि ओलि को नेतृत्वमा पाच बर्षे स्थायी सरकार पाएको बताउनुभयो। प्रमुख अतिथी प्रचन्ड ले नेपाल को भुभाग भारत ले आफ्नो नक्सामा निकालेको भन्दै जमिन फिर्ता को लागि प्रक्रिया सुरु गरिएको बताउनुभयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथी पुर्ब अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी( नेकपा) का महासचिब बिष्णु पौडेल ले पशचिम बाग्लुङ को चाहना बमोजिम छुट्टै जिल्ला बनाउन पहल गरिने बताउनुभयो ।
उक्त सभामा बोल्दै पुर्ब उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चा का अध्यक्ष चित्र ब के सि ले गुण र दोष को आधारमा सरकार को आलोचना र समर्थन गर्ने भन्दै खिम बिक्रम शाही लाई जिताउन नेता कार्यकर्ता खटिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) लाई धन्यबाद दिनुभएको थियो। ढोरपाटन नगरपालिका का मेयर देब कुमार नेपालिको स्वागत मन्तब्य बाट सुरु भएको चुनाबी सभा लाई स्वर्गीय टेक ब घर्ती कि धर्मपत्नी सुनमाया घर्ती,नेता शेरमान घर्ती,साम्सद तथा नेकपा स्थायी समिती सदस्य देबेन्द्र पौडेल लगाएत ले पनि सम्बोधन गर्नुभएको थियो।कार्यक्रम नेकपा का जिल्ला सचिब ज्ञामनाथ गैरे अनिल ले सन्चालन गर्नुभएको थियो।कार्यक्रम मा नेकपा र राष्ट्रिय जनमोर्चा का नेता कार्यकर्ता र जनताको व्यापक उपस्थिती रहेको थियो।