भारतले नक्सामा निकालेको भु-भाग फिर्ता गर्न प्रधानमन्त्री र म बसेर पत्र लेखिसक्यौ – प्रचण्ड

भारतले नक्सामा निकालेको भु-भाग फिर्ता गर्न प्रधानमन्त्री र म बसेर पत्र लेखिसक्यौ – प्रचण्ड

Badigad Online
2 Min Read

दिनेश शर्मा, बाग्लुङ, पुर्ब प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल प्रचन्ड ले भारत ले नक्सामा निकाले को नेपाली भु भाग फिर्ता गर्न प्रकृया सुरु भैसकेको बताउनुभएको छ। शनिबार बाग्लुङ को बुर्तिबाङ मा आयोजना गरिएको सम्युक्त बाम गठबन्धन को चुनाबी सभा लाई सम्बोधन गर्न बाग्लुङ आइपुग्नुभएका प्रचन्ड ले सो बिषय मा बोल्दै नेपाल भारत बिच सिमाना को बिषय को समस्या पुरानो समस्या रहेको उल्लेख गर्दै कालापानी लिम्पियाधुरा र लिपुलेक भारत ले आफ्नो नक्सामा कायम गरेको बिषय नेपाल र नेपाली लाई कदापी मान्य नहुने भन्दै यस बिषयमा सरकार ले सर्बदलिय बैठक बोलाएर साझा धारणा तय गरेको र प्रधानमन्त्री के पि ओलि र आफू बसेर छलफल गरि परराष्ट्र मन्त्रालय मार्फत पत्र लेखिसकिएको बताउनुभएको हो।

प्रचन्ड ले भन्नुभयो “उक्त समस्या हामिले कुटनैतिक तवरले समाधान गर्छौ हाम्रो एकइन्च जमिन हामी कसैलाइ छोड्दैनौ।” प्रचन्डले उक्त सभामा बोल्दै आफुले बाग्लुङ पश्चिम् का जनताको भावना बुझेको बताउदै सो भावना प्रती आफू सकारात्मक रहेको बताउनुभएको हो। प्रचन्डले बाग्लुङ को पश्चिम लाई छुट्टै जिल्ला बनाउनेतर्फ इङ्गित गर्दै भन्नुभयो “बाग्लुङ भित्र पनि दुर्गम क्षेत्र को रुपमा रहेको यस क्षेत्र को लागि न्याय हुनेगरी हामी निर्णय गर्नेछौ तपाइहरु ले बाम गठबन्धन का साझा उम्मेदवार खिमबिक्रम शाही लाई जिताएर पठाउनुस।” अहिले उपनिर्बाचन हुदैगरेको उक्त प्रदेश सभामा नेकपा ले चुनाब जित्ने हुदाहुदै पनि राष्ट्रिय सहमती र बाम एकता को लागि जनमोर्चा सङ्ग तालमेल गरिएको प्रस्ट पार्नुभएको थियो।

भारत बिच सिमाना को बिषय को समस्या पुरानो समस्या रहेको उल्लेख गर्दै कालापानी लिम्पियाधुरा र लिपुलेक भारत ले आफ्नो नक्सामा कायम गरेको बिषय नेपाल र नेपाली लाई कदापी मान्य नहुने भन्दै यस बिषयमा सरकार ले सर्बदलिय बैठक बोलाएर साझा धारणा तय गरेको र प्रधानमन्त्री के पि ओलि र आफू बसेर छलफल गरि परराष्ट्र मन्त्रालय मार्फत पत्र लेखिसकिएको बताउनुभएको हो। उक्त प्रदेश सभामा नेकपा ले चुनाब जित्ने हुदाहुदै पनि राष्ट्रिय सहमती र बाम एकता को लागि जनमोर्चा सङ्ग तालमेल गरिएको प्रस्ट पार्नुभएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित