एजेन्सी लियोनल मेस्सी अर्जेन्टिनामा श्रमजीवी परिवारमा जन्मेका थिए । मेस्सीका बुबा फ्याक्ट्री स्टिल मजदुर थिए । आमा क्लीनर थिइन् । मेस्सीको फुटबलमा निकै प्रतिभाशाली थिए ।११ वर्षको उमेरमा उनलाई ग्रोथ हार्मोनको कमी भएको थियो । जसका कारण उनले निकै समस्या झेल्नु परेको थियो । यो अवस्थाले मानवीय विकासलाई रोक्छ र मानव विकास हार्मोनको प्रयोगमा उपचार महँगो हुन्छ । त्यसकारण उनको उपचारमा परिवारलाई हम्मे भयो ।फोर्ब्सका अनुसार स्पेनका एफसी बार्सिलोनाका लागि स्टार फारवर्ड र अर्जेन्टिनाको राष्ट्रिय टोलीका कप्तान लियोनेल मेसी २०१९ फोर्ब्स म्यागजिन अनुसार फ्लोड मेवेदर पछि विश्वको सबैभन्दा बढी तलब पाएका खेलाडी हुन् । २०१७ मा, मेस्सीले १११ मिलियन डलर कमाएका थिए
जसमा एफसी बार्सिलोनासँग सम्झौता विस्तारमा ८० मिलियन डलर भन्दा धेरै र कमाई सम्झौतारूबाट २७ मिलियन डलर थपिएको थियो । उनको कुल सम्पत्ति कथित ४०० मिलियन डलर रहेको छ । सम्झौता:-मेस्सीसँग एडिडास सँग स्थायी जीवनकालको सम्झौता गरेका छन् । यसले उनलाई एक वर्षमा १२ करोड भन्दा बढी मूल्य बराबरको रकम दिने गर्छ । उनीसँग एफसी बार्सिलोनासँगको अनुबन्धन २०२० देखि २०२१ सिजनसम्म विस्तार गरिएको छ । जसका लागि उनलाई प्रति वर्ष ३३ मिलियन डलर प्राप्त हुन्छ । यी सम्झौताको प्रभावले उनलाई विश्वमा सब भन्दा बढी भुक्तान गर्ने फुटबल खेलाडी बनाउनेछ। मेस्पीसँग पेप्सी–कोला (पीईपी)र हुआवेइ जस्ता कम्पनीहरूसँग एन्डोर्समेन्ट डिलहरू छन् । ईएसपीएनका अनुसार चीनले २०२० मा फुटबल खेलाडीको नाममा एउटा थीम भागको नाम राख्ने योजना गरिरहेको छ ।-
यो पनि :::—स्पेनिस ला लिगाअन्तर्गत मंगलवार भिल्लारियलसँगको खेलमा चोटग्रस्त भएपछि दोस्रो हाफमा उनलाई उस्मान डेम्बेलेले प्रतिस्थापन गरेका थिए ।पहिलो हाफ खेलेका मेस्सीले टीमका नयाँ सहकर्मी एन्टोइन ग्रिजम्यानका लागि गोलको अवसर समेत सिर्जना गरेका थिए ।मेस्सीको इञ्जुरीबारे अपडेट सार्वजनिक गर्दै बार्सिलोनाले उनको देब्रे तीघ्रामा सामान्य चोट रहेको र यो ठीक हुन कति समय लाग्छ भन्ने कुराले मेस्सीको उपलब्धता निर्धारण गर्ने उल्लेख गरेको छ ।बार्सिलोनाले शनिवार ला लिगामा गेटाफे र बुधवार च्याम्पियन्स लिगमा इन्टर मिलानसँग खेल्दैछ ।