अनिश शर्मा गैरे, बाग्लुङ्ग – काँग्रेसद्धारा बडिगाड २ का वडाध्यक्ष पदका उम्मेद्वार डिल बहादुर रानालाइ नेकपा पार्टीका जिम्मेवार ब्यक्तिहरुले हातपात सहित चरित्र हत्या गरेको आरोप सहित बिज्ञप्ती जारी गरेको छ । निर्वाचन हुने अघिल्लो दिन निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरी नेकपाका नेता कार्यकर्ताले उम्मेद्वार राना आफु घरमै बसीरहेको अवस्थामा अपशब्द प्रयोग गरी गाली गलौज गरेको, अप्लसंख्यक समुदायको उम्मेद्वार भनेर हेप्ने तथा हातपात गरेको आरोप काँग्रेसले लगाएको हो । काँग्रेस बडिगाड गाँउ कार्य समितिका सभापतिद्धारा हस्ताक्षरित बिज्ञप्तीमा नेकपाका जिम्मेवार नेता कार्यकर्ताले यस अघि पनि पटक पटक सामाजिक सञ्जालबाट धम्की दिने गरेको पनि आरोप लगाइएको छ ।
भ्रामक समाचार फैलाइयो यसैबिच नेकपाका वडाध्यक्ष पदका उम्मेद्वार ढालप्रसाद शेरचनले भने काँग्रेसले सामान्य भनाभनको बिषयलाइ ठुलो बनाएका बताए ।रेडियो पुष्पाञ्जली सँग कुरा गर्दे काँग्रेसका उम्मेद्वार डिल बहादुर राना र नेकपाका नेता बिच सामान्य भनाभन मात्र भएको बताए । उनले हातपात गाली गालौच आफ्ना नेता कार्यकर्ताले नगरेको भन्दै काँग्रेसले प्रकाशित गरेको बिज्ञप्तीको खण्डन गरे । भोली मँसिर १४ गते बडिगाड २ मा वडाध्यक्ष पदको लागि निर्वाचन हुँदै छ । सो निर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन, काँग्रेसका डिल बहादुर राना र समाजवादी पार्टीका हरिलाल रानाले उम्मेद्वारी दिएका छन् ।
निर्वाचन हुने अघिल्लो दिन निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरी नेकपाका नेता कार्यकर्ताले उम्मेद्वार राना आफु घरमै बसीरहेको अवस्थामा अपशब्द प्रयोग गरी गाली गलौज गरेको, अप्लसंख्यक समुदायको उम्मेद्वार भनेर हेप्ने तथा हातपात गरेको आरोप काँग्रेसले लगाएको हो । काँग्रेस बडिगाड गाँउ कार्य समितिका सभापतिद्धारा हस्ताक्षरित बिज्ञप्तीमा नेकपाका जिम्मेवार नेता कार्यकर्ताले यस अघि पनि पटक पटक सामाजिक सञ्जालबाट धम्की दिने गरेको पनि आरोप लगाइएको छ ।