दिनेश शर्मा बाग्लुङ – जिल्लाको बाग्लुङ क्षेत्र न २ ख प्रदेश सभा को साम्सद पद को उम्मेदवार पद मा आज निर्बाचन सम्पन्न भएको छ।आज भएको निर्बाचन मा औषत मा ६३.५० प्रतिशत मत खसेको जिल्ला प्रहरी कार्यलय बाग्लुङ का प्रमुख नवराज भट्ट ले बडिगाड अनलाइन लाई बताउनुभयो ।यता बडिगाड वडा न दुई को वडाअध्यक्ष्य को निर्बाचन मा कुल सत्र सय बयालिस मतदाता रहेको मा एघार सय चौतिस मत अर्थात कुल ६५.०९ प्रतिशत मत खसेको हो।
ढोरपाटन नगरपालिका अन्तर्गत को उत्तरगङगा मा बि केन्द्र को कुलमतदाता सङ्ख्या चौधसयत्रीसठ्ठी रहेको मा ६३ प्रतिशत मत खसेको हो।त्यस्तै ढोरपाटन नगरपालिका अन्तर्गत को जनजागृती आधारभुत बिधालय केन्द्र कुत्थाप्ला मा कुल मतदाता अठारसय त्रीयानब्बे रहेको मा एघारसय बैसठ्ठी मत अर्थात ६१ प्रतिशत मत खसेको छ। यसै गरि निसिखोला , तमानखोला र ढोरपाटन नगरपालिका का अन्य मतदान स्थलहरु मा पनि शान्तपुर्ण बाताबरण मा मतदान सम्पन्न भएको छ।
बिहान अलिक कम देखिएको मतदाता को उपस्थिती दिउँसो एघार बजे वरपरको समयमा ह्वात्तै बढेको थियो। यसैगरी निसिखोला ४ जन मा बि मा एकहजार साठी अर्थात ६४ प्रतिशत मत खसेको छ। दलका नेताहरु आज निर्बाचन को दिन आ आफ्नै मतदाता नामावली भएको मतदान केन्द्र मा खटिएको देखिएको छ। सबै नेता तथा जनप्रतिनिधिहरु आ आफ्नै मतदान केन्द्रमा मतदाता हरु सङ्ग सङ्गै देखिएका थिए।अहिले मतपेटिका सङ्कलन को काम भैरहेको बताइएको छ।