दिनेश शर्मा, बडिगाड बाग्लुङ – जिल्लाको एक प्रदेश सभा र एक वडाअध्यक्ष्य पद गरि दुई पद को लागि बडिगाड गाउपालिका वडा न. २, ढोरपाटन नगरपालिका,निसिखोला गाउपालिका ,तमानखोला गाउपालिका मा आज उपनिर्बाचन भइरहेको छ। उक्त क्षेत्र अन्तर्गत मा पर्ने मध्यपहाडी लोकमार्ग र अन्य सहायक मार्गहरु आज पुर्ण रुपमा ठप्प रहेका छन।
जिल्लाको गल्कोट नगरपालिका र बडिगाड गाउपालिका को सिमाना बाट बडिगाड, ढोरपाटन , तमानखोला र निसिखोला अन्तर्गत पर्ने सबै मोटरबाटो आज प्राय सबै सुनसान देखिएका छन। जिल्ला प्रशासन कार्यलय ले निर्बाचन लाई मर्यादित र शान्तिपुर्ण बनाउन भन्दै पास बिनाको गाडी लाई निषेध गरेपश्चात मध्यपहाडी र निर्बाचन क्षेत्रभित्र पर्ने सबै सडकहरु प्राय सुनसान देखिएका हुन।
Badigad Online