दिनेश शर्मा, बडिगाड बाग्लुङ – जिल्ला को दुई ठाउमा उपनिर्बाचन हुँदै गर्दा बाग्लुङ को क्षेत्र न २ प्रदेश सभा ख को साम्सद पद र बडिगाड गाउपालिका वडा न २ को वडाअध्यक्ष्य पद को उप निर्बाचन मा दुबै ठाउमा फराकिलो मतान्तर सहित बामगठबन्धन ले जित हासिल गरेको छ। वडा न २ र प्रदेश सभा दुबै ठाउमा निकटतम प्रतिद्वन्दी भने नेपाली काङ्ग्रेस नै रह्यो ।
बडिगाड गाउपालिका वडा न २ को अध्यक्ष पदमा सुर्य ध्वजाबाहक उम्मेदवार ढाल प्रसाद शेरचन ले २९२ मतको फराकिलो मतान्तर ले वडाध्यक्ष्य पद ग्रहण गरे भने यता प्रदेश सभा ख मा पनि गिलास ध्वजाबाहक उम्मेदवार खिमबिक्रम शाहिले २०९७ मतको फराकिलो मतान्तर ले जित हासिल गर्दै प्रदेश सभा ख को प्रदेश साम्सद पद हासिल गरे। चुनाब अघि बिश्लेष्णात्मक कोणबाट हेर्दा प्रदेश सभा मा यति फराकिलो मतान्तर सहित चुनाब जित्ने आकलन गरिएको थिएन अझै झन मतगणना को सुरुवाती चरणमा नेपाली काङ्ग्रेस ले अग्रता लिएपश्चात त झन कडा प्रतिस्पर्धा को आकलन गर्दै बढिमा तीन अङ्क अर्थात पाचसय देखि हजार मत भित्र मात्र जित हार हुने अनुमान गरिएको थियो तर अन्तिम मा दुई हजार सन्तानब्बे मत को ठूलो मतान्तर देखिएको हो।
प्रदेश सभा ख को निर्बाचनमा अहिले बामगठबन्धन हुदैगर्दा धेरै चुनौतिहरु थपिएका थिए सुरुवात को चरणमा शेरमान घर्ती द्वारा बागिउम्मेदवारी दर्ता गराइनु ,समय अभाव का कारण उम्मेदवारी फिर्ता लिदा पनि चिन्ह कायम रहनु,राष्ट्रिय जनमोर्चा भित्र मतभेद कायम रहनु,नेपाल कम्युनिस्ट पार्टी भित्र पनि सबै नेता सक्रिय हुन नसक्नु यावत समस्या हुदाहुदै पनि आम मतदाता ले भने बामगठबन्धन लाई सहज ढङ्गले स्विकार गरि जिताएर पठाएका छन। उता खिमबिक्रम शाही सङ्ग दुइहजार सन्तानब्बे मत ले पराजित भएका जित शेरचन को पार्टी भित्र एकमत रहेको भनिए पनि अघिल्लो चुनाब को तुलनामा तुलनात्मक रुपमा मतपरिणाम घटाएपनी सफलता भने प्राप्त हुन सकेन।






