अनिश शर्मा गैरे, गुल्मी – दरमखोला लघुजल बिद्युत परियोजना द्वारा सञ्चालित पवर हाउस सँगैको मिल सञ्चालन गर्ने कृष्ण बहादुर रानाकी छोरी १८ बर्षिरी निरु राना घा*इते भएकी हुन् । तोरि पेल्ने क्रममा एक्कासी मिलमा हात पर्दा देव्रे हात नै चुँ*डिन पुगेको छ ।
घाइते रानालाइ वामी स्थित लुम्बिनी वामी हस्पिटल पोलि क्लिनिकमा प्राथमिक उपचार गरि हेलिकप्टर मार्फत काठमाडौ लगिदै छ । हात का*टिएको पाँच घन्टा भित्र उपचार पाएमा हात जोडिन सक्ने भएको भन्ने डाक्टर हरुको भनाइ अनुसार हेलिकप्टर चार्टर गर्न लागिएको हो ।
Badigad Online